नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्यमा उम्मेदवार दिँदै छिन् युवा नेतृ शोभा अधिकारी । विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय गोरखाकी नेतृ शोभा अधिकारी युवा नेता गगन थापा एवं विश्वप्रकास शर्मालगयातसँगै काम गरेकी हुन् ।नेपाली कांग्रेसको महाधिवेसनमा अहिले गण्डकी प्रदेश सदस्यमा उम्मेदवारी दिइरहेकी उनी अब, पार्टीलाई युवाहरुको आवश्यक्ता भएकोु बताउँछिन् । पार्टीको कार्यसँगसँगै दुई संकायमा स्ताकोत्तर गरेकी नेतृ शोभाअधिकारी नेपाली कांग्रेसका लागि एक सक्षम नेतृ हुन् ।
देशमा पछिल्लो समयको राजनीतिक उताचढवाले अब, कांग्रेसको आवश्यक्ता अनुभुती गराएको बताउँद परम्परागत शैलीबाट नभएर नयाँ तरिकाले पार्टीलाई अगाडि बढाउनु पर्ने उनको भनाइ छ ।पार्टीभित्रको चरम गुटबन्दीले गर्दा योग्य नेता र कार्यकर्ताहरूमा निराशा आएको बताउँदै उनले अब, नयाँ उत्साह , नयाँ जोस ल्याउन पार्टीमा मापदण्ड बनाउनु पर्ने बताईन ।ुपार्टी भित्र त्याग, बलिदान, कार्यक्षमता र योग्यता र अग्रजहरूको निरन्तरता सम्बन्धी एउटा छुट्टै मापदण्ड बनाएर जानुपर्ने र युवा एवं अग्रजहरूका बिचमा सहकार्य बनाएरसँगसँगै लैजानुपर्नेुं उनको भनाइ छ ।
कांग्रेस गोरखा क्षेत्र नं। दुईबाट निर्वाचित माहासमिति सदस्य समेत अधिकारीले भनिन, ुपार्टी भित्र कामचलाउ शैली, चाकडी र कृपाबादको अन्त्य गर्ने हो भने कांग्रेसले दुईतिहाई बहुमत ल्याउने र योग्य मान्छेहरूले देशको राजनीतिमा राजकाज गर्ने एवं अबको दश बर्षभित्रमा मुलुकमा रोजगारीका थुप्रै ढोकाहरू खोल्दै समृद्ध नेपाल बनाउन सकिन्छ।ु