गगनको साथले काठमाडौं कांग्रेसमा सबजु दोहोरिए

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेस काठमाडौंका सभापतिमा कृष्ण ९सबुज० बानियाँ निर्वाचित भएका छन् ।पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको आज बिहान सम्पन्न मतगणनाअनुसार बानियाँले १९५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र कार्कीले १०८९ मत प्राप्त गरे ।

सभापतिमा निर्वाचित बानियाँ यसअघि पनि काठमाडौं कांग्रेस सभापति थिए । बानियाँ लगातार दोस्रो पटक सभापति बन्न सफल भएका हुन् । बानियाँ नेता प्रकाशमान सिंह र गगनकुमार थापा पक्षबाट उम्मेदवार भएका थिए र कार्की भने कृष्णप्रसाद सिटौला पक्षका सांसद भीमसेनदास प्रधान समूहबाट उम्मेदवार बनेका थिए ।

यस्तै, उपसभापतिमा राजकुमार नकर्मी (१८२९) र गोकर्ण केसी (१९२२), सचिवमा इन्द्रबहादुर थापा (१९१५) र गोविन्द पुडासैनी (१८१७) र सहसचिवमा रोमेल श्रेष्ठ (१७७५) र प्रा डा अमिता प्रधान (२०६६) मत ल्याई निर्वाचित भएका छन् ।कांग्रेसको प्रदेश अधिवेशन मङ्सिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने तय भएको छ ।