नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनमा विभिन्न पदमा मनोनयन दर्ता सकिन लागेको छ ।निर्वाचन कार्यतालिकाअनुसार प्रदेश सभापति, प्रदेश उपसभापति, प्रदेश महामन्त्री, प्रदेश सहमहामन्त्री र सदस्य पदमा निर्वाचन हुने भएपछि उम्मेदवारहरूले मनोनयन दर्ता गराउँदै छन् ।
गण्डकीका निर्वाचन समिति संयोजक कृष्णबहादुर थापाले मनोनयन दर्ता सकिएपछि नामावली सार्वजनिक गरिने बताए ।
पहिलो प्रदेश अधिवेशनबाट सभापति हुन संस्थापन पक्षबाट अर्जुनप्रसाद जोशीले मनोनयन दर्ता गरेका छन् । इतर पक्षबाट शुक्रराज शर्माले मनोनयन दर्ता गराएको जोशीले बताए ।