एमाले नै सबैभन्दा धेरै जनाधार भएको पार्टी हो : सचिव भट्टराई

प्रकाशित मिति:

चितवन । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एमाले नै सबैभन्दा धेरै जनाधार भएको पार्टी रहेको दावी गरेका छन् ।चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले नेकपा एमालेको चितवनमा भएको १० औं राष्ट्रिय महाधिवेसनको उद्घाटन सत्रमा देखिएको जनसहभागिताले एमालेसँग धेरै जनाधार भएको पुष्टि गरेको बताए ।

जनताको मतको मात्रै नभएर मनको समेत प्रतिनिधित्व गर्ने पार्टी नेकपा एमाले रहेको उनले दावी गरे । नेकपा एमालेको जस्तो जनउपस्थितीलाई चुनौती दिन नसक्ने भएकाले अन्य पार्टीहरुले जनसभा नगर्ने निर्णयमा पुगेको उनले बताए ।

एमालेले कायम गरेको रेकर्ड तोड्ने ल्याकत अन्य पार्टीको नभएको भट्टराईको दावी छ । एमालेको रेकर्ड एमालेले मात्रै तोड्न सक्ने उनले बताए ।