मंसिर २१ गते,सुरेश परियार- नेपाली कांग्रेसका निवर्तमान रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाकले आसन्न १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि आफूले उम्मेदवारी दिने भएका छन् । पुर्व खानेपानी राज्य मन्त्री समेत रहेका अब्दुल रज्जाकले एजेन्डा सार्वजनिक गर्दै केन्द्रीय सदस्यमा आफनो उम्मेद्धवारी घोषणा गरेका हुन् ।संक्षिप्त घोषणा पत्रमा आगामी तीनै तहको निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउन,कांग्रेसमा रुपान्तरण,पुस्ता हस्तान्तरण र पुस्तान्तरणमा सहजीकरण गर्न आफूले उम्मेदवारी दिन लागेको रज्जाकले उल्लेख गरेका हुन् ।
जनतामा संघीय लोकतान्त्रिक गणतन्त्र र त्यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउन र देशको भौगोलिक विविधता अनुरुप हिमाल,पहाड,तराई–मधेस,पश्चिमदेखि पूर्वका सबै जनताको भावनात्मक रुपमा जोड्न पनि उम्मेदवार बन्न लागेको रज्जाकले बताएका छन् ।
यस्तो छ केन्द्रीय सदस्यका उम्मेद्धवार रज्जाकका संक्षिप्त घोषणा पत्र
१.वैचारिक रुपमा स्पष्ट कांग्रेस,एकताबद्ध कांग्रेस र गतिशील कांग्रेस संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सार्थक पार्ने कांग्रेस केन्द्रीय सदस्य पदमा मेरो उम्मेदवारी,
२.आगामी तीनै तहको निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउन,नेपाली कांग्रेसमा रुपान्तरण, पुस्ता हस्तान्तरण र पुस्तान्तरणमा सहजीकरण गर्न,
३.नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र नेपाली कांग्रेसप्रति आकर्षित गर्दै सक्रिय रूपमा सहभागी गराइ नेतृत्व विकास गर्न,
४.राष्ट्रियता,लोकतन्त्र,समाजवाद,गणतन्त्र,संघीयता,समावेशिता,मिश्रित निर्वाचन,धर्म निरपेक्षता,अहिंसा र शान्तिका मान्यतासहित बनेको संविधान र प्रणालीलाई जनताको हित एवं चाहनाअनुसार सफल कार्यान्वयन गर्न,
५.जनतामा संघीय लोकतान्त्रिक गणतन्त्र र त्यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउन,
६.देशको भौगोलिक विविधताअनुरूप हिमाल, पहाड, तराई–मधेश, पश्चिमदेखि पूर्वका सबै जनतालाई भावनात्मक रूपमा जोड्न,
७.जातीय, साँस्कृतिक र धार्मिक विविधतायुक्त समाजभित्रका महिला, दलित, आदिवासी–जनजाति, मधेशी, मुस्लिम, थारू, खस–आर्य,अल्पसंख्यक,अपाङ्गता भएका,पिछडिएका क्षेत्र तथा तेस्रोलिङ्गी लगायत सबैलाई सम्मानका साथ नेपाली कांग्रेसमा सक्रिय गराउन र समुदायका बीच सद्भाव कायम गर्न,
८.भ्रातृ संगठन तथा शुभेच्छुक संस्थाहरू र जनसम्पर्क समितिलाई व्यवस्थित, मर्यादित समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउँदै देश र जनताको सेवामा विशेष सक्रिय गराइ वर्तमान राजनीतिक परिवर्तनलाई सबल एवं सफल गराउन,
९.नेपाली कांग्रेसमा रहेर योगदान गर्नुभएका अग्रजहरूको सम्मान, सहिदहरूको स्मृतिसम्मान, समकालीन साथीहरूको संरक्षण र नयाँ पुस्ताको विकास तथा प्रवद्र्धनका साथ कांग्रेसलाई गतिशील र व्यवस्थित पार्टीको रूपमा विकसित गर्न,
१०.लोकतान्त्रिक आन्दोलनका सहिदहरू, सहिद परिवार, घाइते र विस्थापित हुनुभएका नेपाली कांग्रेसका साथीहरूलाई उचित सम्मान गर्न र हिंसापीडित पार्टीका साथीहरुलाई न्याय प्रदान गर्न,
११.नेपाली कांग्रेसका सदस्य साथीहरूलाई उद्यमशील, कर्मशील, आत्मनिर्भर र स्वरोजगार बनाउन,
१२.पार्टीका सदस्यहरूमा पठनपाठन सँस्कृतिको विकास गरी वडा तहदेखि जिल्ला तहमा समेत कांग्रेस पुस्तकालय स्थापना गरी पार्टी साहित्यलाई सम्पूर्ण तहमा पु¥याउन,
१३.संविधानमा उल्लेख भएका तर कार्यान्वयन हुन नसकेका नेपाल प्रहरी र निजामती सेवासम्बन्धी प्रदेशको अधिकार स्थापित गर्न तथा भाषा आयोगले सिफारिस गरेअनुसार सम्बन्धित प्रदेशहरूमा सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गराउनका लागि,
१४.नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई संस्थागत विकास गरी अनुसन्धानलाई महत्व दिँदै सूचना प्रविधिको प्रयोग समेतलाई समावेश गरी वडा तहसम्म प्रशिक्षण गर्न,
१५.नेपाली कांग्रेसको केन्द्रसहित सबै तहका सचिवालयलाई चुस्त र व्यवस्थित गर्न,
१६.पार्टीभित्र विकसित गुट–उपगुटको अवस्थालाई उचित व्यवस्थापन गरी सबै साथीहरूलाई ऐक्यबद्ध रूपमा पार्टीको लक्ष्यउन्मुख गराउन,
१७.विशेषगरी युवाहरूलाई आत्मसम्मानका साथ पार्टीमा सक्रिय हुने र रहने वातावरण विकास गर्न सम्पूर्ण तहका साथीहरू र सबै तहका कार्यक्रमहरूको अभिलेखीकरण र मूल्याङ्कन गरी नेपाली कांग्रेसभित्र अन्याय हुन नदिन तथा विभेदको अन्त्य गरी बन्धुत्वपूर्ण सँस्कृति विकास गर्न,
१८.संविधान संशोधनको विषयमा पार्टीको आधिकारिक निर्णयलाई कार्यान्वयन गराउनका लागि,
१९.सोसलिष्ट इन्टरनेशनलसहित नेपाली कांग्रेसले समान विचारधारा र नेपालको हित चाहने विभिन्न देशका राजनीतिक दलहरुसँग मैत्रीपूर्ण सम्बन्ध विकसित गर्न, छिमेकी मित्र राष्ट्रहरु भारत र चीनसँगको सम्बन्धलाई थप मजबुत बनाउन र नेपालका सहयोगी अन्य सबै राष्ट्रहरूसँग सुमधुर सम्बन्ध विकास गर्न,
२०.जनतासँग कांग्रेस र कांग्रेससँग जनतालाई साँचो अर्थमा आबद्ध गर्न,
२१.मतदातासँग रूख चिन्ह र रूख चिन्हसँग मतदातालाई बलियोसँग जोड्न आदि ।
अब्दुल रज्जाक चार दशक राजनितिक यात्रा
.उनको जन्म वि.स २०१५ पौष १८ गते हो । रुपन्देहीको ओमसतिया वडा न.४ रुपन्देहीमा स्थायी ठेगाना हो भने करिब ४२ वर्ष नेपाली कांग्रेस पार्टिबाट राजनिति गर्दै आएका छन् ।
१.नेपाली कांग्रेसको सदस्यता २०३६ सालमा तत्कालि सभापति पुष्पानन्द गिरिबाट प्राप्त,
२.जनमत संग्रहमा सक्रियता पुर्वक सहभागिता (२०३६साल)
३.सत्यग्रहमा सक्रियता पुर्व सहभागिता (२०४२साल)
४.वि.स २०४६ सालमा तत्कालिन ९ न.क्षेत्रको सचिब मै सक्रियता पुर्वक २०४६ सालको जनआन्दोलनमा नेतृत्वदायि भुमिका,
५.आठौँ महाधिबेशनमा महाधिबेशन प्रतिनिधी,
६.नवौँ महाधिबेशन महासमिति सदस्य,
७.दशौँ महाधिबेशन क्षेत्र न.१ क्षेत्रिय सभापति,
८.एघारौँ महाधिवेशनमा रुपन्देही जिल्ला सभापति,एकिकरण पश्चात सहसभापति
९.बाह्रौँ महाधिबेशन रुपन्देही जिल्ला सभापति,
१०.तेह्रौँ महाधिबेशन रुपन्देही जिल्ला सभापति,
११.२०६४ सालमा संविधान सभा उम्मेद्धवार क्षेत्र न.१,
१२.२०६० सालमा सविधान सभा सदस्य क्षेत्र न.१,
१३.खानेपानी तथा सरसफाई राज्य मन्त्री,
१४.२०७४ सालमा प्रतिनिधी सभा सदस्य उम्मेद्धवार क्षेत्र न.१
उल्लेखित प्रतिबद्धतालाई सार्थक गराउन नै मेरो उमेदवारीको अभिष्ट रहेको छ ।मैले मेरो उमेरको करीव ४२ वर्ष स्वस्फूर्तरुपमा नेपालको लोकतान्त्रिक आन्दोलनमा व्यतित गरेको छु । नेपाली कांग्रेस जस्तो गौरवशाली पार्टीको यस ऐतिहासिक १४औं महाधिवेशनमा हिमाल, पहाड, तराई–मधेस,पूर्वपश्चिमबाट अनेक कठिनाई झेल्दै सहभागी पार्टीका अग्रज,समकालीन र नवीन युवापुस्ताका साथीहरुले म माथि पूर्ण बिश्वासगर्नुहुने छ,र विवेकपूर्ण र तर्कपूर्ण मूल्यांकनका आधारमा देश र जनताको सेवा गर्ने अवसर प्रदान गर्न केन्द्रीय सदस्य पदमा मलाई मतदान गरी विजयी गराउनुहुनेछ भन्ने बिश्वास गरेको छु। धन्यवाद । जय नेपाल ।