कांग्रेस महाधिवेशनका प्रतिनिधिलाई धमाधम पास वितरण, तीन हजार रुपैँया दस्तुर

प्रकाशित मिति:

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन शुक्रबारदेखि सुरु हुँदै छ ।

महाधिवेशन प्रतिनिधिहरुलाई पार्टीको केन्द्रीय कार्यालय सानेपामा बुधबारदेखि कार्ड वितरण भइरहेको छ। महाधिवेशनका लागि खटिएका स्वयंसेवक अशोक बिष्टका अनुसार कार्ड लिनका लागि प्रतिनिधिहरू स्वंयम उपस्थित हुनुपर्नेछ ।

तीन हजार रुपैँया दस्तुर लिएर रसिदसहित कार्ड उपलब्ध गराइएको आयोजकले जनाएको छ ।