कांग्रेस महाधिवेशन उद्घाटनमा अन्य पार्टीका को-को जाँदै छन्?

प्रकाशित मिति:

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा आज दिउँसो १ बजे उद्घाटन हुँदैछ।महाधिवेशनमा कांग्रेसले अन्य पार्टीका नेताहरुलाई पनि बोलाएको छ। उद्घाटन कार्यक्रममा शुभकामना दिन सत्ता साझेदर दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सहभागी हुने भएका छन्।

पार्टीको तर्फबाट प्रचण्ड आफैं सहभागी हुने उनकमा स्वकीय सचिव रमेश मल्लले बताए। यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल महाधिवेशनमा सहभागी हुने भएका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल महाधिवेसनमा सहभागी हुने जनाइएको छ।

यस्तै प्रमुख प्रतिपक्ष नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली महाधिवेशनमा सहभागी हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए।ओली अस्वस्थ्य भएकाले शुक्रबार प्रेस चौतारीले रोयर ब्याङ्केटमा आयोजना गरेको कार्यक्रममा अनुपस्थित भएका थिए। तर, कांग्रेस महाधिवेशनमा भने उनी सहभागी हुने तामाङले जानकारी दिए।

यसअघि एमालेले चितवनमा आयोजना गरेको माहाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएकाले ओली जसरीपनि कांग्रेस महाधिवेसनमा सहभागी हुन लागेका हुन्। यस्तै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पनि कांग्रेस महाधिवेशनमा सहभागी हुने भएका छन्।