भरत प्रधान- नेपाली कांग्रेस रुपन्देहीका निवर्तमान सभापति अब्दुल रज्जाकले नेपाली कांग्रेसको १४ औं महाधिबेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । पूर्व राज्यमन्त्री तथा संबिधान सभा सदस्य समेत रहेका नेता रज्जाकले मुस्लिम कोटातर्फ बाट पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।रुपन्देही क्षेत्र नं। १ बाट निर्बिरोध महाधिबेशन प्रतिनिधी चयन भएका नेता रज्जाकले पार्टीको संस्थागत सुदृढीकरण, रुपान्तरण र गतिशीलताका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको प्रतिक्रिया दिए । “पार्टीलाई अझै सबल, सक्षम र सशक्त बनाउंदै आगामी तीनै तहको निर्वाचनमा पार्टीलाई बिजयी गराउने योजनाका साथ मैले तमाम कार्यकर्ताको चाहना र भावना बमोजिम पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हो– रज्जाकले भने ।, मूलतः कांग्रेसलाई जनतासँग र जनतालाई कांग्रेससँग जोड्ने तथा मतदातासँग रूख चिन्ह र रूख चिन्हसँग मतदातालाई बलियोसँग जोड्ने गरि काम गर्ने मेरो योजना छ ।” दुई कार्यकाल जिल्ल्लाको नेतृत्व गरेको अनुभवका साथै पार्टीको बिभिन्न तह र तप्कामा रहेर काम गरेको अनुभवका आधारमा पार्टीलाई अझै सशक्त ढंगबाट अगाडि बढाउनुपर्छ भन्ने सोंच र परिकल्पनाका साथ आफू केन्द्रीय सदस्यको उम्मेदावरका रुपमा प्रस्तुत भएको रज्जाकले बताए ।
पार्टीको रुपान्तरण र पुस्तान्तरणका लागि सहजीकरण गर्ने तथा पार्टीका भातृ संगठन, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिलाई थप व्यवस्थित गर्दै समयानुकूल परिमार्जीत, संगठित र मजबुद बनाउँदै पार्टीलाई थप गतिशिल र क्रियाशील बनाउने संकल्पका साथ आफू केन्द्रीय सदस्यको उम्मेदवारका रुपमा चुनावी मैदानमा होमिएको उनले बताए । पार्टीका स्थानीय तथा केन्द्रीय तहका नेताहरुको साथ, समर्थन तथा तमाम कार्यकर्ताबाट प्राप्त उत्प्रेरणा र हौशलाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको रज्जाकले बताए ।कांग्रेस रुपन्देहीको दुई कार्यकाल जिल्ला सभापति भईसकेका नेता रज्जाकले यसअघि महाधिबेशन प्रतिनिधी र महासमिति सदस्यको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् । नेपाली कांग्रेस रूपन्देहीका प्रभावशाली नेता रज्जाक सरल, शालिन, मिलनसार र इमान्दार नेताका रुपमा चिनिन्छन् । तत्कालीन जिल्ला सभापति पुष्पानन्द गिरिबाट २०३६ सालमा पार्टीको सदस्यता प्राप्त गरेका नेता रज्जाक पार्टीको बिभिन्न तह र तप्कामा रहेर लामो समयदेखि नेपालको लोकतान्त्रिक आन्दोलनमा समर्पित रहदै आएका छन् ।नेपाली कांग्रेस क्षेत्र नं। १ रुपन्देहीको क्षेत्रीय सचिव, क्षेत्रीय सभापति र दुई कार्यकाल जिल्ला सभापति भएर जिल्लाको नेतृत्व समेत सम्हालीसकेका नेता रज्जाकले पार्टीको बिभिन्न तह र तप्कामा रहेर काम गरेको अनुभव समेत संगालेका छन् । पार्टीको आठौं महाधिबेशनमा महाधिबेशन प्रतिनीधि, नवौँ महाधिबेशनमा महासमिति सदस्य समेत रहीसकेका रज्जाक २०७० सालमा संविधान सभा सदस्य निर्वाचित भएका थिए । प्रधानमन्त्री एवं पार्टी सभापति शेर बहादुर देउवा नेतृत्वको टीमबाट रज्जाकले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।
रुपन्देहीका कांग्रेसजनका माझ लोकप्रिय रज्जाक जनप्रेमी र बिकासप्रेमी नेताका रुपमा समेत आफ्नो परिचय बनाउन सफल भएका छन् । शिक्षण सेवा हुदै स्थानिय स्तरबाट राजनिती शुरु गरेका नेता रज्जाक गाँउ, नगर, क्षेत्र, जिल्ला हुँदै हाल केन्द्रीय राजनीतिमा समेत राम्रो पकड बनाउन सफल भएका छन् । कार्यकर्ताको गुनासो र समस्या सहज रुपमा सुनिदिने तथा समाधानका लागि तत्काल पहल गरिदिने स्वभावका कारण पनि नेता रज्जाक कांग्रेसजनको रोजाईमा परेका लोकप्रिय नेता हुन् । सबै कार्यकर्तासंग सहज सम्र्पक र पहुँचमा रहन सक्ने उनको मूख्य बिशेषता हो । समस्या लिएर जाने जो कोहीलाई उनी सहृदयी ढँगले सहयोग गर्छन् । सबै कार्यकर्तालाई समान् ब्यबहार गर्ने ईमान्दार र स्वच्छ छबिका नेता रज्जाक तमाम कांग्रेस कार्यकर्ताका मनमा बस्न सफल भएका छन् । उनको काम गर्ने शैली, र ब्यबहारबाट प्रभावित भएकै कारण नेता हुनु त अब्दुल रज्जाक जस्ता भन्ने धेरै कांग्रेस कार्यकर्ता पनि भेटिन्छन् । नेता रज्जाकले यसपटक पार्टीको केन्द्रीय सदस्य भएर पार्टीको गतिशिलता र क्रियाशीलताका लागि अझै सशक्त ढंगले लागि पर्ने प्रतिबद्धता समेत जनाएका छन् ।केन्द्रीय सदस्यका उम्मेदवारको रूपमा प्रस्तुत भएका नेता रज्जाकले आफूलाई मतदान गर्न सबै महाधिबेशन प्रतिनिधिहरुलाई आग्रह समेत गरेका छन् । दुई कार्यकाल जिल्ला सभापति, महाधिबेशन प्रतिनिधी, महासमिति सदस्य, संबिधानसभा सदस्य, राज्यमन्त्री तथा पार्टीको बिभिन्न तह र तप्कामा रहेर लामो समयदेखि गरेको काम र योगदान नै आफ्नो जितको मूख्य आधार भएको रज्जाकको भनाई छ ।