कांग्रेस महाधिवेशन : मतपत्र सकिएपछि मतदान रोकियो

प्रकाशित मिति:

राष्ट्रिय सभागृहको मतदान केन्द्रमा मतपत्र सकिएपछि मतदान रोकिएको निर्वाचन समितिले जनाएको छ । मतदान रोकिएपछि प्रतिनिधिहरूले हो(हल्ला गरेका छन् ।

निर्धारित समयभन्दा ढिला गरी सुरु भएको मतदानमा दिउँसो साढे ३ बजेसम्ममा १ हजार ४५० मत खसेको निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय समितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि ४८० जनाले उम्मेदवारी दिएका छन् ।​ कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि चार हजार ७४३ जनाले मतदान गर्दै छन् ​। मतदानका लागि राष्ट्रिय सभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था मिलाइएको छ ।