स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. मिश्रा

प्रकाशित मिति:

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा संगीता मिश्रालाई दिइएको छ ।

केही दिनअघि मात्र उनलाई मन्त्रालयमा स्वास्थ्य समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको थियो । उनी यसअघि परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालको निर्देशक रहेकी थिइन् ।

यसअघिका प्रवक्ता डा कृष्णप्रसाद पौडेल मन्त्रालयको प्रवक्ता र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा दुवैको जिम्मेवारी सम्हाल्दै आएका थिए ।