पौष ५ गते प्रतिगमनविरुद्धको दिन, राजधानीमा विशेष कार्यक्रम

प्रकाशित मिति:

काठमाडौं । पौष ५ गते प्रतिगमन भएको दिनको स्मरणमा विशेष कार्यक्रमको आयोजना गरिने भएको छ ।

नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालले सोमवार राजधानीमा प्रतिगमनविरुद्ध विशेष कार्यक्रमको आयोजना गर्न लागेको हो । सिंहदरवार प्याजामा अवस्थित एक पार्टी प्यालेसमा हुने सभालाई प्रतिगमनविरुद्ध आन्दोलनरत दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिगमनको खतराविरुद्ध आम जनतालाई सचेत गराउने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागेको समाजवादी प्रेस संगठनले जनाएको छ । २०७७ पौष ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुभएको दिन पौष ५ लाई प्रतिगमनविरुद्धको दिनका रुपमा मनाइन लागेको हो । दलहरुले ओलीको कदम प्रतिमन भएको भन्दै आन्दोलन गरेका थिए ।