गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र (नेपाली) पोखरेल नेपाली काँग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका छन् । शेखर कोइराला प्यानलबाट चुनाव लडे उनी गण्डकी प्रदेशको खुलातर्फको केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।
गण्डकी प्रदेशको खुल्ला केन्द्रीय सदस्यका लागि खसेको ४६६४ मत मध्ये उनले २३०६ मत ल्याए । यस्तै सभापति शेरबहादुर देउवा प्यानलका ध्रुव वाग्लेले २७२० मत ल्याएर गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा विजयी भएका छन् ।
केन्द्रीय सदस्यका प्रत्यासी सोभियत अधिकारीले २०३४ र रेशम बानियाँले १९३८ मत पाए ।