काठमाडौं । राप्रपा नेता कमल थापाले नेपाल एकीकरणका अभियन्ता पृथ्वी नारायण शाहको जन्म जयन्तीका अवसरमा सार्वजनिक विदा दिन सरकारसँगमा माग गरेका छन् ।
पुस २७ गते मनाइँदै आएको राष्ट्रिय एकता दिवस अर्थात पृथ्वी जयन्तका दिन सार्वजनिक विदा दिन माग गरेका हुन् । उनले सामाजिक संजालमार्फत राष्ट्रनिर्माताको सम्मानमा पौष २७गते राष्ट्रिय पर्वको रुपमा मनाउन सार्वजनिक बिदा दिन आग्रह गरेका हुन् ।
उनले उनले लेखेका छन्,‘ राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहले नेपाली नाम र पहिचान दिनुभयो। उहाँको योगदान कुनै संस्थारप्रणालीसँग सम्बन्धित छैन ।राष्ट्रनिर्माताको सम्मान गर्नु राज्यको कर्तव्य हो। राष्ट्रनिर्माताको सम्मानमा पौष २७ गते राष्ट्रिय पर्वको रुपमा मनाउन,सार्वजनिक बिदा दिन आग्रह गर्दछु ।’ लोकतन्त्रपछि गठन भएका सरकारले एकता दिवसको बिदा कटौती गरेका छन् ।