ओलीमाथि यसरी खनिए वामदेव र घनश्याम ,पार्टीमा भयो खैलाबैला !!

प्रकाशित मिति:

पुष ३ काठमाडौं । नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी ओली र प्रचण्डको पार्टी र सरकार सञ्चालन कार्यशैलीमाथि व्यापक प्रश्न उठेको छ । यही शैली सरकार र पार्टी सञ्चालनमा भइरहे जनताले विस्वास गरेर दिएको ऐतिहासिक अवसर गुम्ने चेतावनी नेताहरुले दिएका छन् । पार्टी एकतापछि पहिलो पटक राजनीतिक र सांगठनिक विषयमा छलफल गर्न सुरु बैठकमा सदस्यहरुले नेतृत्वप्रति आक्राशै आक्रोश पोखे ।

बैठकको सुरुमा बोलेका नेता वामदेव गौतम ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै भने–संविधानमा भएदेखि दुईटा प्रधानमन्त्री हुन्थ्यौं भन्ने ? मजाक गर्ने ? तपाईसँग दुई तिहाई छ, संविधान संशोधन गरेर राख्नुस् न दुइटै प्रधानमन्त्रीको आलोचना ।’ यस्तै नेता घनश्याम भुसालले ओली सिद्धान्तबाट बिचलित र विशुद्ध गुटबन्दीको शैलीमा अघि बढेको भन्दै सक्ने भए आफूलाई कारबाही गरेर देखाउन चुनौति दिए । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ ।