पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध, राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले सैनामैना बिरोध प्रदर्शन
प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल सैनामैना नगरकमिटि र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)सैनामैना नगरकमिटि पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता गर्न माग गर्दै संयुक्त रुपमा मुर्गियामा विरोध प्रदर्शन गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल सैनामैना नगरकमिटिको अध्यक्ष प्रेम थापा को अध्यक्षतामा कार्यक्रम भएको थियो । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य लगातार बढाइरहेको सन्दर्भमा चौतर्फी विरोध भइरहेको छ। पछिल्लोपटक पेट्रोलको मुल्य गत साता प्रति लिटर ३ रुपैयाँ बढाइएको थियो। मुल्यबृद्वि , कालोबजारी, रेणु यादव को अभिव्यक्ति ,लिपुलेक कालापानी फिर्ता गर भन्दै मापसे सरकार विरुद्ध बिरोध कार्यक्रम गरेको राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला अध्यक्ष मनोज गौचन ले बताए ।
“मूल्य वृद्धि फिर्ता गर, सरकारी असंवैधानिक अभिव्यक्ति दिन पाइदैन” लगायत नारा लगाउँदै विरोध प्रदर्शन गरिएको अनेरास्ववियु सैनामैना नगर कमिटी सचीव सुरज रिजालले बताए ।प्रदर्शनमा सहभागी युवाहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै विद्यार्थी मारमा परेको भन्दै मूल्य वृद्धि तुरुन्तै फिर्ता लिन आग्रह समेत गरेका छन् । उनीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र सरकारी असंवैधानिक अभिव्यक्ति विरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।कार्यक्रममा अतिथि अखिलका नेता संगम अर्याल , लेखनाथ खनाल, जिल्ला पदाधिकारी, कार्यसमिती सदस्य लगायत राष्ट्रिय युवा संघ नेपालका नेता दिननाथ भट्टराई , कल्पना पाडे मगर, कृष्ण बहादुर कुमाल, दिपक खड्गी ,नवराज मल्ल लगाएत जिल्ला नेताहरुको उपस्तिथि रहेका थिए ।
। राष्ट्रिय युवा संघ नेपाल सैनामैना नगर कमिटी अध्यक्ष प्रेम थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रिजालले गरेको थिए ।पानी पर्दा पनि कार्यक्रम सम्पन्न भएको थियोे