काठमाडौँ- आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।संघीय संसद सचिवायलका अनुसार भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८ पेस गर्ने कार्यतालिका छ ।
त्यस्तै भोलि बिहान साढे ११ बजे संघीय संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ ।