भैरहवा, २७ फागुुन । नेपाली कांग्रेस रुपन्देहीले घर घर जाऔं कांग्रेस जिताऔं भन्ने अभियान सफल पार्ने बिभीन्न कार्यक्रम गर्ने भएको छ । स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई बढी भन्दा बढी सिटमा जिताउन कांग्रेस केन्द्रिय समितिले सुरु गरेको घर घर जाऔं कांग्रेस जिताऔं अभियानलाई सफल बनाउन रुपन्देही कांग्रेसले पनि अभियान चलाउने भएको हो । नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको २५ गते बुधबार बसेको बैठकले देश भर ७७ वटै जिल्लामा केन्द्रिय सदस्य प्रतिनिधिको रुपमा खटाएको छ ।
नेपाली काङ्ग्रेस केन्द्रिय समितिको निर्णय बमोजिम रुपन्देही जिल्लाको लागि केन्द्रिय प्रतिनिधिको रुपमा नेपाली काङ्ग्रेसका प्रभावशाली नेता, केन्द्रिय समिती सदस्य, पुर्व अर्थराज्यमन्त्री उदय शमशेर राणा आउने भएका छन । अभियान फागुन २९ देखि चैत्र २९ सम्म १ महिना सम्म हुने नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिए । जनताको कुरा सुन्न कांग्रेस घर–घरमा जानको लागि २९ गते केन्द्रिय समिती सदस्य, पुर्व अर्थराज्यमन्त्री उदय शमशेर राणाको उपस्थितिमा पार्टीले आम भेला राखीएको उनले जानकारी दिए । फागुन २९ गते भेला र ३० गते बैठक राखिएको छ ।उत्त भेलाको लागि कांग्रेस रुपन्देहीले महासमिति सदस्य ,महाधिवेसन प्रतिनिधि,क्षेत्रीय सभापतिहरु उप महानगर नगरपालिका, नगरपालिका, गाँउनगरपालि , वडा तहका सम्पुर्ण पदाधिकारी सदस्य र अन्य क्रियासिल सदस्यहरुलाई भैरहवा पार्टी कार्यालयमा उपस्थितिको लागि कांग्रेसले आहान गरेको छ ।