गृहमन्त्रीका स्वकीय सचिब डि.सीको जन्मदिन , शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरि मनाए

प्रकाशित मिति:

सुरेश परियार/नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँण्डका स्वकीय सचिब सन्तोष डि.सीले आफनो जन्मदिन सामाजिक क्षेत्रमा सहयोग गरि मनाएका छ । तिलोत्तमा नगरपालिका वडा न.७ स्थायी रुपमा बसोबास गर्ने डि.सीले जन्मदिनको अवसरमा आफुले अध्ययन गरेको विद्यालय तथा क्रिकेट क्लबलाई आज शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेका हुन् ।

तिलोत्तमाका वडा न.९मा रहेको गौतम बुद्ध मा.वि र सृजनशिल अनाथ आश्रमका ९० जना विधार्थीहरुलाई सहयोग स्वरुप शैक्षिक सामाग्री वितरण गरेको विधालयका शिक्षक डिल्लीराम गैरे जानकारी दिए ।यस्तै,जन्मदिनको अवसरमै डि.सीले तिलोत्तमा नगरपालिका वडा न.१४मा रहेको क्रिकेट क्लबललाई खेलकुद सामाग्री सहयोग गरेका छन् ।डि.सीले जन्मदिनमा फर्जुल खर्च गर्नुभन्दा सो खर्च शिक्षामा गरेको सहयोगले शैक्षिक उन्नयनमा टेवा दिन पुग्ने बताएका छन् ।अहिलेका विधार्थीहरु भोलीका कर्णाधार भएकाले शिक्षाबाट जोकोही पनि बञ्चीत हुन नहुनेमा जोड डि.सी दिए ।

उनले खेलकुदको श्रीबृद्धिका लागी विधार्थी खेलाडीहरुलाई प्रोत्साहन गर्न खेलकुदका सामाग्री समेत प्रदान गरेको बताए ।सामाजिक काममा सक्रिय भएर जनताका माझ प्रिय बनेका डि.सी नेपाल विधार्थी संघ रुपन्देही जिल्लाका निवर्तमान सभापति तथा हाल नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँण्डका स्वकीय सचिब हुन् ।