बुटवल उप-महानगरपालिका वडा न।१७ को सङ्गम टोल र सिम्रीक टोलमा समाजवादी युवा संघ कमिटी गठन

प्रकाशित मिति:

बुटवल/समाजवादी युवा संघ बुटवल उप-महानगर समिती द्वारा आयोजित अन्तरक्रिया तथा युवा भेला कार्यक्रममा जसपा लुम्बिनी प्रदेश सदस्य नारन नागिला ज्युको प्रमुख आथिथ्यता,जसपा नगर अध्यक्ष बामदेब भुषाल,समाजवादी युवा संघ बुटवल नगर सचिब भरत पौडेलको आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो। उक्त भेलाले देबलाल न्यौपानेको अध्यक्षतामा १९ सदस्य कमिटी गठन गरेको छ।

जसमा उपाध्यक्ष गङ्गाराम थारु,यमलाल चापागाइ,सुवाखर चापागाइ सचिब दिपक डुम्रे सह(सचिब देबिलाल भुषाल,मित्तलाल पान्डे कोषाध्यक्ष सुसन पान्डे सदस्य अनिल खनाल,पवन चापागाइ,बिक्रम भुषाल,सुनिल बराल,खोमराज चापागाइ,द्रुब चापागाईं,बालकृष्ण ढकाल,गुनाखर न्यौपाने,मित्रलाल चापागाइ, दयाराम न्यौपाने सहित १९ सदस्यीय कमिटि गठन गरेको छ।कार्यक्रममा प्रमुख अथिती नारन नागिलाले नव गठित कमिटिलाइ शुभकामना दिदै युवाहरु नै परिवर्तनका सम्बाहक रहेकोले अब युवाहरु सचेत भै अगाडि बड्नु पर्नेमा जोड दिनु भयो।

समाजवादी युवा संघ प्रदेश सदस्य तथा जसपा बुटवल उप(महानगर सदस्य बिजय ढकालको अध्यक्षता र उप(महानगर सदस्य कृष्ण भुषालको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।