धरानःनेकपा एमालेका सकृय युवा नेता अर्जुन बस्नेतले एमालेको संगठित सदस्य त्यागेर नेपाली कांग्रेस प्रवेश गरेका छन् । धरान ६ घोपाली टोल काउनले एमालेले जनतालाई ढांटने र छल्ने मात्र गर्ने गरेको भन्दै पार्टी प्रति वतृष्णा जागेर नेपाली कांग्रेसबारे राम्ररी बुझेर प्रवेश गर्ने मनस्थिति बनाइरहेको अवस्थामा नेपाली कांग्रेस ६ नं. वडामा पार्टीको सशक्तिकरण तथा सुदृढिकरण अभियान र प्रशिक्षण कार्यक्रमको अवसरमाप्रवेश गर्न आएको बताए । उनलाई नेपाली कांग्रेसका क्षेत्र नं. १, सुनसरीका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले खदा र अविर लगाई पार्टी प्रवेश गराउंदै स्वागत गरेकाथिए ।
सो अवसरमा जिल्ला सदस्यविन्दु राई, क्षेत्रीय सचिवद्धय महेन्द्र प्रधान र केशव पुरी, प्रदेशसभा निर्वाचन क्षेत्र समिति १(१) काउपसभापति झुमादेवी राई, क्षेत्रीय सदस्यद्धय शुक्रराज राई र रिताखनाल, निवर्तमान क्षेत्रीयकोषाध्यक्ष सागर प्रसाई, नगर सदस्यद्धय रुपेश भट्टराई र राम विष्ट, सल्लाहकारहरु कर्णवहादुर कार्की, पर्शुराम केसी, चन्द्र काफ्ले, वडा सभापति पदमपौडेल लगायतको उपस्थिति रहेको थियो ।