सैनामैनामा गठबन्धनले पुर्णता पायो

प्रकाशित मिति:

सुरेश परियार/लामो रस्साकस्सीबाट सैनामैनाको गठबन्धनले पुुर्णता पाएको छ । गठबन्धनको आज बसेको छलफलले भागवण्डा मिलाएर आसन्न चुनावमा जाने उद्घोष गरेको छ । मेयरमा कांग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्रबाट उम्मेद्धवारी दिने सहमति भएको छ ।

भने नेकपा माओवादी केन्द्रलाई वडा न।१,३,५,९ दिएको छ भने २,४,६,८,१० र ११ कांग्रेसलाई दिएको हो । यस्तै सैनामैना वडा न।७मा त्रिपक्षीय प्रतिस्पर्धा हुने सहमति भएको छ ।नेपाली काङ्ग्रेसको तर्फ बाट सैनामैना नगरपालिकाको मेयर मा पुन स् फणेन्द्र प्रसाद शर्मा र नेकपा माओवादी केन्द्रबाट सैनामैनाको उपमेयरमा मान बहादुर महतलाई उठाउने निर्णय भएको छ ।