कपिलबस्त १०, भदौ । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री इन्द्रजीत थारूले बाणगंगाका सचेत नगरिकले मनवीय सेवा गर्दै आएको बताउँनुभएको छ । उहाँले सचेत, उच्चा चेतना भएका नागरिकले मात्रै मनवीय सेवा गर्न सक्ने भन्दै कपिलबस्तु समुदायिक अस्पताल खोलेर बाणगंगाबासीहरु धेरै राम्रो मनवीय, पुन्यको कार्य गरेको बताउँनुभयो ।शुक्रबार कपिलबस्तुको ४ नंम्बारमा आयोजित कपिलबस्तु समुदायिक अस्पताल विकास समितिको चौंथो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन कार्यक्रमको उद्धाटन गर्दै स्वास्थ्यमन्त्री थारुले यस्तो भन्नुभएको हो ।
उहाँले सर्वसाधरणहरु उपचारको लागि टढा जानु नपर्ने र विरमीहरु छिट्टै नै आफ्नै जिल्लामा उपाचर गर्न सकिने भएकोले बाणगंगाका सचेत नगरिकले धेरै राम्रो कार्य गरेको बताउँनुभयो । त्यस्तै उहाँले कपिलबस्तु समुदायिक अस्पतालको अनुगमनको क्रममा धेरै राम्रो लागेको बताउँदै आफुले अस्पताललाई आवश्यक स्वास्थ्य उपकरणहरु र भौतिक संरचना निर्माणमा सक्दो सहयोग गर्दे प्रतिवद्धता समेत गर्नुभयो । स्वस्थ्य मन्त्री थारुले स्वस्थ्य विन मनव समुदायको विकास हुन सक्दैन भन्दै अम सर्वसाधारणलाई आधारभुत शिक्षा र स्वस्थ्यमा पहुँच पु¥याउने राज्यको दायित्व समेत रहेको जिकिर गर्नुभयो । त्यस्तै उहाँले अस्पतालमा धेरै सर्वसाधरण विरामीहरुले राम्रो सेवा सुविधा लिन सफल होउन् भन्दै अस्पताल व्यवस्थपन समिति पनि निष्पश्च, परर्दशी र जवफदेही भएर काम गर्नुपर्ने औल्याउँनुभयो ।
त्यस्तै सामुदायिक अस्पताल विकास समितिका अध्यक्ष रामजी सेनले आफुहरुले थुप्रै चुनौतीका विच अस्पतालको आर्थिक व्यवस्थापन, पारदर्शिता, गुणस्तरीय सेवाको विस्तारमा लागि परेको बताउँनुभयो । उहाँले अस्पतालको विकासको लागि विभिन्न विज्ञ, बुद्धिजिवीहरुको रय सुझाव अनुसार स्त्री तथा प्रसुति सेवा, हाडजोर्नी तथा नासा रोग, फिजियोथेरापी सेवा, खोप सेवा, प्राथमिक आँखा उपचार सेवा लगायत विशेषज्ञा सेवा र चौविसै घण्टा अस्पतालमा विरामीलाई सेवा दिदै आएको बताउँनुुभयो । अध्यक्ष सेनले यस अस्पताललाई १०० सैयाको अस्पताल निर्माण गर्नको लागि पनि विभिन्न निकायहरु संग सहकार्य गर्दै आएको र छिट्टै नै यसलाई १०० सैयाको अस्पताल निर्माण हुने बताउँनुभयो ।