आत्महत्या कम गर्न प्रहरीले थाल्यो देश ब्यापी सचेतना,आत्महत्यामा नेपाल बिश्वको ७ औं स्थानमा

प्रकाशित मिति:

सुरेश परियार,असोज २ गते-नेपाल प्रहरीले आत्महत्या रोकथामको लागि सचेतना अभियान थालेको छ ।आत्महत्या मनोबैज्ञानिक रोग भएकाले यसको रोकथामका लागि प्रहरीले देशब्यापी सचेतना कार्यक्रम थालेको हो ।आज नेपाल प्रहरी लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आत्महत्या रोकथाम सम्बन्धि कार्यक्रम गर्दै नेपाल प्रहरीको एकल प्रयासले मात्र आत्महत्या रोकथाम नहुने प्रष्ट पारेको छ ।

कार्यक्रममा आन्तरिक मामिला,कानुन तथा संन्चार लुम्बिनी प्रदेशका मन्त्री तिलकराम शर्माले सामाजिक समस्याको रुपमा आत्महत्या देखिएको बताएको छ्न ।मन्त्री शर्माले आर्थिक,सामाजिक,पारिवारिक जस्ता धेरै कारणले मानिस आत्महत्या हुन मानिस बिबस हुने कुरा बताए ।यसको रोकथामका लागि सरकारले त्यति चासो नदिएको भन्दै लुम्बिनी प्रदेशले अब आत्महत्या कम गर्न र मनोपरामर्शकर्ता उत्पादन गर्न बजेट ब्यबस्थापन गर्ने प्रतिबद्वता ब्यक्त गरे ।आत्महत्या कम गर्न आध्यात्मिक ध्यान र काउन्सिलिङ्ग जस्ता कार्यक्रम सन्चालन गर्नुपर्ने मन्त्री शर्माले उल्लेख गरे । सोही बिषयमा प्रशिक्षण दिदै बोल्दै नेपाल प्रहरी लुम्बिनी प्रदेश कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक नल प्रसाद उपाध्यायले आत्महत्या मानसिक रोग भएको बताएका छ्न ।उनले आत्महत्यामा नेपाल बिश्वको ७ औं स्थानमा रहेको भन्दै मनोरोग सामाजिक समस्याले गर्दा आत्महत्या निम्तिएको बताएका छ्न ।

लुम्बिनी प्रदेशको रुपन्देहि जिल्लामा आत्महत्या बढि हुने गरेको तथ्यांक रहेको भन्दै प्रहरी नायब महानिरीक्षक उपाध्यायले १६ देखि ३५ बर्ष सम्म उमेर समुहमा बढी आत्महत्याको घटना घटेको उल्लेख गरे ।आत्महत्या रोकथाम गर्न तिनै तहका सरकारले चासो दिनुपर्ने औल्याउँदै समुदायस्तरमा प्रहरीले सचेतना दिदै अघि बढि सकेको बताए । यो अभियानमा साथ दिन सन्चारमाध्यमलाई समेत आग्रह उनले गरे ।रुपन्देहीका बुटवल उपमहानगरपालिका,सैनामैना नगरपालिका,तिलोत्तमा नगरपालिका,देबदह नगरपालिकाका जनप्रतिनिधि,नेपाल आर्मी,नागरिक समाज,उधोग ब्यबसायी,होटेल ब्यबसायी,यातायात ब्यबसायी लगायतको उपस्थितीमा सो कार्यक्रम भएको हो ।कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक सिद्धि बिक्रम शाहको स्वागत तथा प्रहरी उपरीक्षक नवरत्न पौडेलले संचालन रहेको थियोे ।