काठमाडौं, असोज २० आसन्न संघीय निर्वाचनको समानुपातिकको बन्दसूची संशोधनमा नेपाली कांग्रेसको शेखर कोइराला समूहले आंशिक सन्तुष्टि जनाएको छ ।बिहीबार अनुपम फुडल्याण्डमा बसेको शेखर समूहका नेताहरुको बैठकले आफूहरुको खबरदारीका कारण लाभ प्राप्त भएको ठहर गर्दै आंशिक सन्तुष्टि जनाएको छ ।
साथै प्रत्यक्षतर्फ टिकट वितरणलाई पनि न्यायोचित बनाउन खबरदारी गरिराख्नु निर्णय गरेको छ ।बन्दसूचीप्रति असन्तुष्टि जनाउँदै शेखर समूहले पार्टी कार्यालय सानेपामा धर्ना दिएको थियो । प्रारम्भीक सूचीमा ११० जनामध्ये १३ जना मात्र शेखर समूहको थिए, जसमध्ये ८ जनाको सांसद बन्ने सम्भावना थिए संशोधित सूचीमा भने शेखर समूहको थप नाम परेको छ ।