ओखलढुंगा १ बाट नेपाली कांग्रेसका रामहरि खतिवडा निर्वाचित

प्रकाशित मिति:

मंसिर ७ : प्रतिनिधिसभातर्फ ओखलढुंगा क्षेत्र नं १ बाट नेपाली कांग्रेसका रामहर खतlविडा निर्वाचित भएका छन्।खतिवडा ३३ हजार ५५६ मतका साथ निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका यज्ञराज सुनुवार २६ हजार ७३८ मत ल्याएर पराजित भए।

उनीहरूबीच ६ हजार ८ सय १८ मत अन्तर रहेको छ। सुनुवार यसै क्षेत्रबाट २०७४ सालमा निर्वाचित भएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका शोभा कार्की ७१४ मत ल्याई तेस्रो स्थानमा रहँदा राप्रपाका डिकप्रसाद बास्तोला २२२ मतमा सीमित भए।