काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित

प्रकाशित मिति:

काठमाडौं, मंसिर ७ : प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नं. ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन्। नेकपा एमालेका सर्वेन्द्र खनाललाई ५ हजार २९२ मत अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन्। शिशिरले १४ हजार २०४ मत ल्याउँदा सर्वेन्द्रले ८ हजार ९११ मत प्राप्त गरे।

उसअघि दुईपटक जित निकालेका कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मतमा सीमित भई तेस्रो स्थानमा परेका छन्। चारवटा क्षेत्रमा अग्रता लिइरहेकाे स्वतन्त्र पार्टीबाट खनालसहित चारजनाले जितिसकेका छन्। यसअघि काठमाडाैं २, ७ र ८ मा क्रमशः साेविता गाैतम, गणेश पराजुली र विराजभक्त श्रेष्ठ विजयी भएका हुन्।