काठमाडौं, मंसिर ९ : स्याङ्जा क्षेत्र नं १ मा नेपाली कांग्रेसका राजु थापा विजयी भएका छन् । थापाले नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद मरासिनीलाई ३२५४ मतान्तरले हराउँदै विजयी भएका हुन् । थापाले ३१९९८ मत पाउँदा मरासिनीले २८७४४ मत मात्र पाए । थापा र मरासिनी तेश्रो पटक आमनेसामुने थिए । यसअघि २०७० सालको संविधान सभा निर्वाचनमा पहिलोपटक एमालेको गढ भत्काएका थापा दोश्रो पटक विजयी भएका हुन् ।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा बाम एकता हुँदा मरासिनीले जितेका थिए । यसपटक थापा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार थिए । स्याङ्जाली सामु बिकासप्रेमी र लोकप्रिय नेताको पहिचान बनाएका थापा नेपाली कांग्रेस स्याङ्जाको सभापति समेत हुन् ।स्याङ्जा १ प्रदेशसभा (१) र प्रदेश सभा (२) मा एमाले विजयी भएको छ । प्रदेश सभा (१) मा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी नेपाल कम्युनिष्ट पार्टी माओवादीकी अमृता थापा मगरलाई हराउँदै नेकपा एमालेकी सीताकुमारी सुन्दास विजयी भईन् । सुन्दासले १४ हजार ६ सय ९० मत प्राप्त गर्दा थापाले १३ हजार २ सय ६६ मत पाईन् । यता, प्रदेश सभा (२) मा गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका वुद्धिबहादुर राना (कुमार) लाई झिनो मतले हराउँदै एमालेका सुधिरकुमार पौडेल विजयी भए । रानालाई पौडेलले ६ मतले पराजित गरेका हुन्।