रवि लामिछानेले पाए गृह, नारायणकाजीलाई भौतिक पूर्वाधार

प्रकाशित मिति:

काठमाडौं, पुस ११ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दुवै उपप्रधानमन्त्रीसँगै एकएक मन्त्रालयका जिम्मेवारी लिँदैछन्। लामिछानेले गृह मन्त्रालय र श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। उनीहरू दुवैले प्रधानमन्त्री र अन्य पाँच मन्त्रीसँगै केही बेरमा शीतल निवासमा शपथ ग्रहण गर्दैछन्।

गृहमा दुवैको दाबी रहँदै आए पनि अन्ततः रविले पाएका हुन्। श्रेष्ठले भने परराष्ट्र मन्त्रालय पाउने चर्चा पनि थियो। एमालेबाट पनि उपाध्यक्ष विष्णु पौडेल अर्थ मन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्री बन्दैछन्। यसरी आज मुलुकले एकैचोटि तीनजना उपप्रधानमन्त्री पाउँदैछन्।