मायादेवीद्धारा निति तथा कार्यक्रम प्रस्तुत,शिक्षा,कृषि र पुर्वाधार प्राथमिकतामा
सुरेश परियार -रुपन्देहीको मायादेवी गाउँपालिकामा गाउँ सभा आज देखि सुरु भएको छ । सभाको पहिलो बैठकमा निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । आगामी बजेटमा समेट्ने गरि गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीले निति तथा कार्यक्रम आज प्रस्तुत गरेका हुन् । सम्मुन्नत, सफा तथा हरियाली गाउँपालिकाको रुपमा मायादेवी गाउँपालिकाबासीको रहरलाई साकार पार्न विविध कार्यक्रमहरु प्राथमिकतामा राखिएको छ ।
प्रस्तुत कार्यक्रम :
१.शिक्षा, स्वास्थ्य तथा समावेशी विकासमा जोड दिईनेछ ।
२. बहुवर्षीय र क्रमागत योजनाहरु र अन्य आवश्यक पूर्वाधार निर्माणमा जोड दिईने तथा मायादेवी गाउँपालिकाको प्रथम आवधिक योजना अनुरुप योजना तथा कार्यक्रम तय गरिनेछ ।
३. कृषि, पशु विकास, सहकारी, पर्यटन र उद्योग व्यापारको विकासमा जोड दिईनेछ ।
४. वातावरण संरक्षण, पर्यावरणीय प्रवर्द्धनमा जोड दिईनेछ ।
५. सुशासन र संस्थागत विकासमा जोड दिईनेछ ।
पूर्वाधार विकास :
१। मायादेवी गाउँपालिकाबाट सहज सेवा प्रवाहको लागि अन्तरगतका वडा कार्यालयहरुको आफ्नै भवन निर्माण गरिनेछ ।
२। गाउँपालिका क्षेत्र भित्रका सडकहरुमा बिशेष खालका सडक बत्तीहरुको ब्यवस्थापन गरिनेछ ।
३। मायादेवी गाउँपालिका क्षेत्रभित्र चक्रपथ९च्ष्लन च्यबम० को सम्भाब्यता अध्ययन गरिनेछ ।
४। ठुलो पुर्वाधारहरुको बिस्तृत आयोजना प्रतिबेदन तयार गरी आयोजना बैङ्क मार्फत प्राथमिकतापुर्ण योजनामा लगानी गर्ने नीति अपनाईनेछ ।
५। सबै प्रकारको ऐतिहासिक, पुरातात्विक र धार्मिक तथा पर्यटकीय क्षेत्र तथा संरचनाहरुको संरक्षण, प्रवर्द्धन गरिनेछ ।
६.राष्ट्रिय भवन संहिता बमोजिम भूकम्पीय सुरक्षित घर निर्माण गर्न प्रोत्साहन गरीने छ । नक्सा पास गराई घर निर्माण गर्ने कार्यलाई अनिवार्य गराइनेछ।
७.। मायादेवी गाउँपालिकाको भूःउपयोग नीति तयार भईसकेकोले कृषि क्षेत्र, आवास क्षेत्र, ब्यापारिक एवं औद्योगिक क्षेत्र, होटल ब्यवसाय क्षेत्रको रूपमा वर्गीकरण भए अनुसार ब्यवस्थित र सुन्दर पालिका बनाइने छ ।
८। .नयाँ निर्माण गर्ने घर तथा भवनहरुले अनिवार्य रुपमा सडक मापदण्ड अनुसारको क्षेत्र छोडी निर्माण गर्नुपर्ने नीति लिइने छ।
९। शहरोन्मुख क्षेत्र तथा पानी निकासको समस्या भएका वस्तिहरुमा नाली तथा ढल निकासको व्यवस्था गर्दै जाने नीति लिइने छ।
१०। गाउँपालिका क्षेत्रभित्र सडक तथा यातायातको पहुँचको अवस्था, निर्माण, मर्मत, सुधार, स्तरोन्नती र पुनर्निर्माण गर्नुपर्ने सडकको माग संकलन, सडक यातायातसँग सम्बन्धित आवश्यक सेवा तथा सुविधाको सान्दर्भिक योजना तयार र भविष्यमा सडकको व्यवस्थित विकास गर्न सडक गुरुयोजना निर्माण गरिनेछ । सडक स्तरोन्नतीसँगै नाली निर्माण गरिनेछ ।
११। मायादेवी गाउँपालिकाको प्रशासनिक भवन र १ र २ नं वडा कार्यालयलाई सडक सञ्जालसँग जोड्नको लागि दानव नदिमा मोटरेबल पक्कि पुल निर्माणको लागि डि।पि।आर तयार गरि संघीय र प्रदेश सरकारसँग बजेट माग गरिने छ ।
१२। सडकको चौडाई न्यूनतम ६ मिटर कायम गर्न सबैलाई अभिप्रेरित गरिनेछ । सडकको क्षेत्राधिकार ९चौडाई० पुर्याउने दायित्व सडकको दायाँ वायाँ घर जग्गा हुने नागरिकको हुने हुँदा सबै नागरिकहरुलाई सकारात्क सोँच, भावना र विचार सहित विकास निर्माणमा पूर्णरुपमा सघाउ पुर्याकउनु हुनेछ भन्ने विश्वास लिइएको छ। विवाद भई योजना कार्यान्वयन हुन नसक्ने वातावरण सृजना भएमा त्यस्तो योजनालाई विवादरहित क्षेत्रमा कार्यान्वयन गर्ने नीति अवलम्वन गरिनेछ ।
१३। गाउँपालिका क्षेत्रभित्र सडक सञ्जाल निर्माणका लागि सडक गूरुयोजना तयार गरी व्यवस्थित र योजनाबद्ध तरीकाले स्तरीय सडक सञ्जाल निमार्ण गरिने नीति अनुसरण गरिनेछ । “हाम्रो सडक, हाम्रो सहभागिता, स्तरीय सडक, हाम्रो प्रतिबद्धता” अनुरुप गाउँपालिका क्षेत्रभित्रका कच्ची सडकलाई नाली कल्भर्ट, ह्युमपाइप सहित पिच सडकमा स्तरोन्नति गरिनेछ । साथै कालो पत्रे सडकमा भएका खाल्डा खुल्डीहरुलाई मर्मत गरी सुधार गरिनेछ । निर्माणाधिन अवस्थामा रहेको क्रमागत अधुरो आयोजनाहरुलाई क्रमागत रुपमा पुरा गर्दै लगिनेछ ।
१४। यस मायादेवी गाउँपालिका अन्तर्गत रहेका भौतिक संरचनाहरु जस्तै धर्मशाला, मन्दिर आदि र नयाँ संरचना तयार हुने आयोजनाको दिर्घकालिन संरक्षण एवम संवद्धनको लागि उपभोक्ता समिति बनाई हस्तान्तरण गरी आयोजना सञ्चालन गरिनेछ ।
१५। पूर्वाधार विकासका लागि जनपरिचालन र जनसहभागितामा आधारित कार्यक्रमलाई प्राथमिकताकासाथ सञ्चालन गरिनेछ । यस मायादेवी गाउँपालिका अन्तर्गत सञ्चालन हुने आयोजना तथा परियोजनाहरुलाई अपनत्व, स्वामित्व संरक्षण पारदर्शी एंव दिगो विकास लक्ष्य प्राप्तिका लागि ८०र२० र ९०र१० का आयोजनाहरु ल्याउने निति लिईनेछ ।
१६। मायादेवी गाउँपालिका अन्तरगतको हुलाकी सडक खण्ड सौन्दर्यीकरण गर्ने नीति लिईनेछ ।
सुशासन तथा संस्थागत विकास :
पारदर्शी, उत्तरदायी र खुला सरकारको अवधारणालाई आत्मसात गर्दै स्थानिय तहको शासन प्रकृया तथा सेवा प्रवाहलाई छिटो, छरितो, परिणाममुखी, पारदर्शी जवाफदेही, प्रभावकारी, गुणस्तरीय, सहभागितामूलक र समावेशी बनाई मायादेवी गाउँपालिकाको संस्थागत रुपमा सुशासन कायम गर्ने आजको प्रमुख आवश्यकता हो ।
१०। स्थानिय तहको काम कारवाहीलाई खुल्ला पारदर्शी एवम् प्रभावकारी दिगो तथा परिणाममुखी बनाइनेछ ।
२० सदाचार युक्त उच्च मनोवल भएका जिम्मेवार कर्मचारीबाट स्वच्छ कार्य सम्पादन र सुशासनमुखी नीति निर्माण गरी प्रभावकारी निश्पक्ष शासन संचालन गरिनेछ ।
३० सेवाग्राहीहरुमा सुशासनको अनुभूति हुने गरी सेवा प्रदायक र सेवाग्राहीविच सुमधुर अन्तर सम्बन्ध समन्वय र सहाकार्यको वातावरण सृजना गरिनेछ ।
४० नागरिकहरुका गुनासाहरुको सुनुवाई गर्ने सूचनाको पहुँच निर्माण गर्न सहज र सरल प्रणालीको स्थापना गरिनेछ ।
५० दिगो विकास सुशासनका लागि राज्य, नागरिक समाज र निजिक्षेत्र विच समन्वय र सहकार्य वृद्धी गर्दै खुल्ला सरकार साझेदारी नीति अवलम्वन गरिनेछ ।
६० कार्यालयबाट प्रदान गरिने सेवा सुविधा र निर्णयलाई पारदर्शी बनाउन र नागरिकहरुलाई सहज पहुँचमा पुर्योउनका लागि कार्यालयमा विद्युतिय सूचना प्रविधिको विकास गरिनेछ ।
७० स्थानिय सरकारले गरेका कामको जानकारी तथा सुझाव संकलन गर्नको लागि नागरिक संवाद, छलफल र सार्वजनिक सुनुवाईको व्यवस्था गरिनेछ ।
८० कार्यालयबाट प्रदान गरिने सेवा सरल र छिटो छरितो बनाउन आवश्यक पूर्वाधार व्यवस्था गरिनेछ ।
९० विद्युतिय सुशासन प्रवद्धन गरिनेछ ।
१०० भ्रष्टाचार विरुद्ध शून्य सहनसिलताको नीति अवलम्बन गरिनेछ ।
११० प्रचलित कानून बमोजिम स्थानिय तहले पारदर्शीता, जवाफदेहिता र सदाचारका लागि सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, लैंगिक उत्तरदायी बजेट एवम् समावेशी बजेट परीक्षण आदि जवाफदेहीताका औजारहरुलाई कार्यान्यनमा ल्याइनेछ ।
१२० प्रचलित कानून बमोजिम यस मायादेवी गाउँपालिकाले सुशासन मापनका लागि तय भएका लिसाा जस्ता पद्धतीको कार्यान्वयन गरी सोको आधारमा सूचक स्तर मापन गरी सुशासन मैत्री गाउँपालिका घोषणा गरिनेछ ।
१३० सूचना आदान प्रदान गर्न प्रत्येक वडा कार्यालय, बिद्यालय, स्वास्थ्य चौकी र गाउँपालिकामा सूचना अधिकारी तोकी कार्यालय जवाफदेही बनाइनेछ ।
१४० सेवाग्राही र नागरिकहरुको गुनासो व्यवस्थापन गर्न हरेक वडा स्वास्थ्य चौकी र पालिकामा गुनासो अधिकारी तोकी गुनासो व्यवस्थापनको लागि थप व्यवस्थित बनाइनेछ ।
१५० गाउँपालिका क्षेत्र भित्र शान्ती सुव्यवस्था कायम गर्न सार्वजनिक सम्पत्तिको संरक्षण रेखदेख गर्न र अन्य आवश्यक सुरक्षा व्यवस्था मिलाउन नगर प्रहरीको व्यवस्था गरिनेछ ।
१६० अन्य पालिकाले गरेका असल अभ्यासहरुको अध्ययन अवलोकन गरी यस पालिकालाई समेत विकासको मूलधारमा ल्याउन जनप्रतिनिधी तथा कर्मचारीहरुलाई अन्तर पालिका स्तरीय अध्ययन अवलोकन भ्रमणको व्यवस्था गरिनेछ ।
१७० यस मायादेवी गाउँपालिकाबाट संचालन गरिने सेवालाई थप प्रभावकारी बनाउन कर्मचारीहरुलाई अत्यावश्यक तालिमहरु संचालन गरी उच्चकोटीको प्रविधि अवलम्बन गर्ने नीति लिइनेछ ।
१८० कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन समिति गठन गरी आवश्यक मापदण्ड बनाई बजार अनुगमनलाई सकृय रुपमा अगाडि बढाइनेछ र गलत कार्य गर्नेलाई दण्डित गर्ने नीति लिइनेछ ।
१९० सुशासन, पारदर्शीता र जवाफदेहीतामा अभिवृद्धी गर्न गराउन गाउँपालिकाले लिएको समग्र नीति र संचालित कार्यक्रम तथा आयोजनाले पारेका सामाजिक प्रभावको लेखाजोखा गर्ने गरी सामाजिक परीक्षण र सबै आयोजना कार्यक्रमहरुको सार्वजनिक परीक्षण र सार्वजनिक सुनुवाई गरिनेछ ।
२०० आन्तरिक लेखा परीक्षण पद्धतिलाई प्रभावकारी बनाइने छ, बेरुजु हुन नदिने र बेरुजु फछर्यौटलाई व्यवस्थित गरिने छ कार्यालयका सवारी साधन र उपकरणहरुको मितव्ययी ढंगबाट परिचालन गरिनेछ ।
२१० कर्मचारीहरुको आन्तरिक पर्यटन काज कार्यक्रम सम्बन्धी कार्यविधि बनाई संचालनमा ल्याईने छ ।
२२० करार सेवामा रही कामकाज गर्ने कर्मचारीहरुको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकेको कार्य सम्पादन स्तर मूल्याङ्कन तथा नया अवधिको लागि करार सम्झौता सम्बन्धी मापदण्डको आधारमा करार सम्झौता गरिनेछ ।
२३० सूचना पहुँच वृद्धि गर्न गाउँपालिकामा जनप्रतिनिधीहरु र कर्मचारीहरुलाई सूचना प्रविधिसंग सम्बन्धित अत्यावश्यक अभिमुखीकरण तालिम संचालन गरिने छ ।
२४० यस मायादेवी गाउँपालिकाको कार्य बोझलाई मध्यनजर गर्दै यस मायादेवी गाउँपालिकामा विहान र साँझ अतिरक्त कामकाज गर्नुपर्ने कर्मचारीहरुलाई कार्य सम्पादन मापन विधि अपनाई आवश्यक अतिरिक्त सेवा वापतको सुविधा उपलब्ध गराईनेछ ।
२५० यस मायादेवी गाउँपालिका अन्तर्गत गठन भएका विषयगत समितिहरुको कार्यविधि बनाई समितिहरुलाई थप व्यवस्थित गर्दै लगिनेछ ।
२६० गाउँपालिकामा हाल सम्म तर्जुमा भएका स्थानीय कानूनहरुको पालना गर्नु गराउनुका साथै औचीत्यका आधारमा संशोधन तथा परिमार्जन गरिने छ । संविधानले स्थानीय तहलाई प्रदान गरेको अधिकार कार्यान्वयन गर्न आवश्यक पर्ने थप कानूनहरु निर्माण गरिने छ । कानूनहरुको कार्यान्वयन गरीरगराई विधिको शासन अवलम्बन गरी सुशासनयुक्त स्थानीय तहका रुपमा मायादेवी गाउँपालिकालाई स्थापित गरिने छ ।
२७० जनताको सर्वोपरी हितलाई ध्यानमा राखी कानूनले अधिकार प्रदान गरेका न्यायीक कार्यलाई निष्पक्ष ब्यवस्थित विश्वासयोग्य पारदर्शी बनाउदै लगिनेछ । मेलमिलापको माध्यमबाट समाजमा सामाजिक सहिष्णुता बढाउने विषयलाई जोड दिइनेछ । सबै वडामा रहेका मेलमिलाप केन्द्रलाई विवाद मेलमिलाप गराए वापत प्रोत्साहन गरी थप क्रियाशिल बनाइनेछ ।
२८० मायादेवी गाउँपालिका भित्रका सामान्य विवादहरु निरुपण गर्न र जनतालाई न्यायीक अनुभूति दिलाउन न्यायीक समितिका पदाधिकारी कर्मचारी एवम् मेलमिलाप कार्यकर्ताहरुलाई समय सापेक्ष तालिमहरु सञ्चालन गरिनेछ र न्यायीक सम्पादन प्रकृयाको अध्ययन अवलोकन गर्न न्यायीक समितिका पदाधिकारीहरु, मेलमिलापकर्ताहरु एवम् कर्मचारीहरुलाई अन्तरपालिका अवलोकन भ्रमणको व्यवस्था गरिनेछ ।
२९० राष्ट्रिय परिचय पत्र तथा पन्जीकरण विभागको सहकार्यमा सामाजिक सुरक्षा तथा व्यक्तीगत घटना दर्ता प्रणाली सुदृढीकरण गरी व्यवस्थित र अध्यावधिक गरिने कार्यलाई निरन्तरता दिइनेछ ।
३०० सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सेवा प्रदायक संस्थाहरू मार्फत भत्ता वितरणमा सहजता ल्याउन बैङ्कहरू सँग आवश्यक समन्वय तथा सहजिकरण गरि अशक्त व्यक्तीको लागि बैङ्क संगको सहयोगमा घरमै सामाजिक सुरक्षा सेवा उपलब्ध गराउने व्यवस्था मिलाइनेछ गरिनेछ ।
३१० सामाजिक सुरक्षा तथा पञ्जीकरण सम्बन्धि बनेका कानुन¸ ऐन¸ नियम¸ विनियम र कार्यविधि को वारेमा कर्मचारीहरु तथा जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गराईनेछ ।
३२० गाउँपालिका भित्र हुने व्यक्तिगत घटनालाई ३५ दिन भित्रै घटनादर्ता गराउन सचेतनामूलक कार्यक्रमको लागि ७ दिने घटना दर्ता सप्ताह तथा सामाजिक सुरक्षा भत्तामा नाम दर्ता गराउन तथा नाम नविकरण गर्नको लागि १० दिने अभियान प्रत्येक वडामा सञ्चालन गरिनेछ ।
३३० वडा कार्यालयहरूको सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग बढाउँदै ःक्ष्क् प्रणालीलाई अझ प्रभावकारी बनाइनेछ ।
३४० जिल्ला स्थित नापी कार्यालयको समन्वय र प्राविधिक सहयोगमा यस गाउँपालिका भित्र पुर्जा वितरण गर्न बाँकी रहेका सबै वडाका गाउँ ब्लकका बस्तीहरुको नाप नक्सा कार्य सम्पन्न गरी जोतभोग गरी बसेका र आवश्यक प्रमाण पुगेका पुर्जा विहिन नागरिकहरुलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरी जग्गा धनी बनाउने प्रकृया अगाडी बढाइनेछ।
३५० यस गाउँपालिका भित्र रहेका भूमीहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुलाई उचित व्यवस्थापन गर्नका लागि राष्ट्रिय भूमी आयोग सँग भएको सम्झौता अनुसार आवश्यक समन्वयमा जनशक्तीको व्यवस्थापन गरी नाप नक्सा तथा जग्गा धनी दर्ता प्रमाण पुर्जा वितरणको प्रकृया अगाडी बढाइनेछ।
३६० यस गाउँपालिका भित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाहरुको पहिचान तथा रेखाँकन गरी सँरक्षण गर्ने उद्देश्यले विभिन्न निति, योजना तथा कार्यक्रमहरु बनाइ कार्यान्वयन गरीनेछ।
३७० यस गाउँपालिकाको भूउपयोग योजना तयार गरी लागु गरीनेछ। सो का लागि भू९उपयोग एन २०७६ र भू९उपयोग नियमावली २०७९ को अधिनमा रहि यस गाउँपालिकाको भू९उपयोग क्षेत्र वर्गिकरण सम्बन्धी कार्यविधि र भूउपयोग क्षेत्र वर्गिकरणको आधार तथा मापदण्ड तयार गरिनेछ।
३८० भैरहवा९लुम्बिनी सडकको दायाँवायाँ रहेका मायादेवी गाउँपालिका भित्र पर्ने सरकारी तथा सार्वजनिक जग्गाहरु र अन्य पायक पर्ने सरकारी तथा सार्वजनिक जग्गाहरुलाई पर्यटक आकर्षणका लागि खुला पार्क तथा मनोरञ्जन स्थलको रुपमा परिणत गरनेछ र सो का लागि आवश्यक योजना तथा कार्यक्रमहरु छनौट गरिनेछ।
राजश्व तथा श्रोत परिचालनः
गाउँपालिकाले राजश्व परिचालन सम्वन्धमा निम्न निति अवलम्वन गर्नेछः
१। करदाताले तिरेको करको मुल्याङ्कन गरी नियमित कर तिर्ने करदातालाई प्रत्यक्ष रुपमा थप सेवा सुविधा संग जोड्दै जाने नीति लिइने छ। साथै असल तथा उत्कृष्ट करदातालाई सम्मान गर्ने नीति लिइने छ।
२। सार्वजनिक सेवा र राजश्व बिच तादाम्यता कायम गर्दै कर नतिर्ने संस्था वा व्यक्तीलाई कर तिर्ने वातावरणको श्रृजना गरिने छ।
३। व्यवसाय कर लिदाँ एउटै फर्ममा फरक, फरक प्रकृतीका व्यवसाय सञ्चालन भएको हकमा तोकिए बमोजिमको फरक फरक प्रकृतीको व्यवसाय करको दरले हुन आउने रकम जोडी व्यवसाय कर लिइने नीति अवलम्बन गरिनेछ ।
४। व्यवसाय करको दर र दायरा बढाउने र बढी भन्दा बढी व्यवसायी हरुलाई कर तिर्न प्रोत्साहित गर्न विविध कार्यक्रम सहित कर जागरण कार्यक्रम सञ्चालन गरिनेछ ।
५। वार्षिक रुपमा व्यवसाय कर असुली कार्यलाई थप प्रभावकारी बनाउन “व्यवसाय कर तिरौँ, विकास कार्यमा सरिक हौँ” भन्ने नाराका साथ वडा समिति र टोल विकास संस्थाहरुलाई अभिमुखिकरण सहित सशक्त बनाई परिचालन गरिनेछ ।
६। नदीजन्य पदार्थ चोरी निकासी पैठारी तथा अवैध उत्खनन रोकथामका लागि विशेष रणनीति अपानाइनेछ ।
७। “मैले तिरेको कर मेरै मायादेवीको विकासका लागी हो” भन्ने अनुभुति सहित करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने छ ।
८। कर संकलनका लागी गाउँपालिकाका विभिन्न ठाउँहरुमा घुम्ती शिविरहरु सञ्चालन गरिने छ।
९। प्राकृतिक श्रोत तथा नदीजन्य पदार्थहरुको उचित व्यवस्थापन गरी आन्तरिक राजश्व बढाउने तथा करका दायराहरु बढाई गाउँपालिकाको आय श्रोत वृद्धि गर्दै लैजाने नीति अनुसरण गरिने छ।
१०। अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गर्दै सबै प्रकारका सिफारिस दस्तुर तथा ब्यवसाय करमा बिशेष छुट दिने नीति अवलम्वन गरिनेछ ।
तथ्यांक प्रणाली तथा योजना र विकास व्यवस्थापन :
१। गाउँपालिकाको वस्तुस्थितिको यथार्थ विवरण संकलन गरी विभिन्न प्रयोजनमा उपयोग गर्नका लागि गाउँपालिकाको भिलेज प्रोफाईल निर्माण गरिनेछ ।
२। प्राकृतिक स्रोत साधनको सम्बर्द्धन, संरक्षण तथा दिगोरउचित उपयोग गर्नको लागि प्रारम्भिक वातावरणीय परिक्षण ९आई।ई।ईरई।आई।ए।० को प्रतिबेदन तयार गरिनेछ ।
३। नेपाल सरकारको पन्ध्रौ योजना र प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजनाको सोच, कार्यक्रम, लक्ष्य र उद्देश्यसँग सामाञ्जस्यता कायम हुने गरी मायादेवी गाउँपालिकाको प्रथम पञ्चवर्षीय योजना तयार भईसकेकोले सोही अनुरुप विकास प्रक्रियालाई अगाडी बढाउने नीति अवलम्वन गरिनेछ । योजना र वार्षिक कार्यक्रमलाई सामाञ्जस्यता कायम गर्न मध्यम कालिन खर्च संरचनाको निर्माण भए अनुरुप गरिनेछ ।
४। विकास निर्माण तथा कार्यक्रममा साझेदार संस्थाहरु गैरसरकारी संस्थाहरुसँग सहयोग समन्वय र सहजीकरण गरिनेछ ।
५। आयोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन जोड दिइनेछ । अनुगमन प्रणालीलाई स्वचालित तथा प्रभावकारी वनाइने छ । असार महिनामा अत्यधिक पूँजिगत खर्च हुने परिपाटिको अन्त्य गर्न वार्षिक खरिद योजना तथा कार्य९योजना बनाई कार्यान्वयन गरिने छ ।
६। गाउँपालिकाको समग्र हित र विकास व्यवस्थापनका लागि समय समयमा विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउनु भएका ज्येष्ठ नागरिक, सामाजिक, राजनीतिक व्याक्तित्व, समाजसेवी उद्योगी, शिक्षाप्रेमी लगायत महत्वपूर्ण व्यक्तित्वहरुलाई सम्मान गर्ने नीति अवलम्वन गरिनेछ ।
सामाजिक विकास तर्फ
शिक्षा, युवा तथा खेलकुद
१। “गुणस्तरीय शिक्षा मायादेवीको प्रतिबद्धता, शैक्षिक ब्यबस्थापनमा हामी सबैको साझा एक्यबद्धताू भन्ने आदर्शका साथ शिक्षा क्षेत्रको समग्र ब्यबस्थापनमा सुधार गरिदै लगिनेछ।
२। बिद्यालयहरुको स्थापना, तह थप, कक्षा थप गर्ने कार्यलाई आबश्यकता र बिद्यालयको मौजुदा क्षमतासँग जोड्दै बिद्यालय नक्साङ्कनका आधारमा बिद्यालयहरुलाई संचालन अनुमति दिने नीति अबलम्बन गरिनेछ।साथै औचित्यका आधारमा बिद्यालयहरुलाई गाभ्ने, कक्षार तह घटाउने जस्ता प्रक्रियालाई अबलम्बन गर्ने निति लिइनेछ ।
३। शिक्षाको राष्ट्रिय नीति, सोच र ढाँचाभित्र रही संघीय र प्रादेशिक सरकारबाट प्राप्त नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गरिनेछ। स्थानिय सरकारलाई संबिधानत, स्थानिय सरकार संचालन ऐन तथा अन्य ऐन कानुनहरुद्धारा प्राप्त अधिकारक्षेत्र भित्रका कार्य ब्यवस्थापनमा आबश्यक नीति, ऐन, कानुन, कार्यबिधिहरु निर्माण गर्दै स्थानिय सरकारका सिमाभित्र रही सम्बन्धित क्षेत्रको प्रभावकारी ब्यबस्थापन गरिनेछ।बिद्यालयहरुको तहगत संचालनको अवस्था र संघिय सरकारबाट उपलब्ध गराइएको शिक्षक जनशक्ती बिचको शिक्षक अभावको न्यूनतालाई परिपूर्ति गर्न संघिय सरकारसँग समन्वय गरिनेछ र आन्तरिक स्रोत साधनको यथोचित प्रबन्ध मिलाइनेछ।
४। बिद्यालयहरुमा कार्यरत प्र।अ तथा शिक्षक कर्मचारीहरुको कार्यसम्पादन प्रभावकारिताको लागी कार्यसम्पादन करार सम्झौता गर्ने नीति लिइनेछ। साथै दरबन्दी मिलान कार्यलाई प्राथमिकतामा राखिनेछ।मौजुदा जनशक्तिको अवस्था, कार्यसम्पादनको स्तर तथा बिद्यालयको तहगत अबस्था र बिद्यार्थी संख्यालाई ध्यानमा राखी शैक्षिक ब्यबस्थापनमा प्रभावकारिता अभिबृद्धि गर्न प्र।अ तथा शिक्षक कर्मचारीहरुको जिम्मेबारी हेरफेर तथा अन्तर बिद्यालय कामकाज ब्यबस्थापन सहित दरबन्दी मिलान कार्यलाई अगाडी बढाईनेछ।
५। विद्यालय शिक्षाको अभिन्न अङ्गको रुपमा रहेका वालविकास केन्द्रहरुमा बालबालिकाहरुको शारिरिक, मानसिक, सामाजिक बिकास गरी यसको अनुभवसहित कक्षा ज्ञ मा भर्ना गराउने नीतिलाई निरन्तरता दिइनेछ।बालबिकास सहजकर्ताहरुको क्षमता अभिबृद्धी गर्दै पेशालाई सम्मानित बनाउदै लगिनेछ।बालबिकास केन्द्रहरुलाई साधन स्रोत सम्पन्न बनाइनेछ।
६। विद्यालय व्यवस्थापन समिति र शिक्षक, अभिभावक संघ र प्र।अ।हरुको क्षमता अभिवृद्धिका लागि अत्यावश्यक कार्यक्रम सञ्चालन गरिने छ ।
७। बालबालिकाहरुको प्रतिभा प्रस्फुटन तथा पाठ्यक्रम सम्बद्ध क्रियाकलापहरुमा आधारित बिभिन्न किसिमका प्रतियोगात्मक तथा सहभागितामुलक कार्यक्रमहरु संचालन गरिनेछ।
८। राष्ट्रिय पाठ्यक्रम ढाँचाभित्र रही स्थानिय परम्परागत पेशा, सीप र प्रविधिमा आधारित व्यवसायहरु, कला, साहित्य, संस्कृति, ऐतिहासिक तथा धार्मिक धरोहरहरु, रहनसहन आदि समाविष्ट गरी स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार गरी आधारभूत तह कक्षा ज्ञ९ड मा लागु गरिनेछ ।
९। समाज रुपान्तरणको मुख्य आधार शिक्षा हो भन्नेछ मान्यतामा टेकेर प्रत्येक नागरिकमा निहीत आधारभुत तह सम्म अनिवार्य र निःशुल्क तथा माध्यामिक तह सम्मको निःशुल्क शिक्षा पाउने संबैधानिक हकलाई उच्च सम्मान गर्दै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिने छ । साथै बि।स।२०८५ बैशाखसम्म ५९१२ बर्ष उमेर समूहका सबै बालबालिकाहरुलाई अनिवार्य रुपमा कक्षा ८ सम्मको शिक्षा पूरा गरेको हुनुपर्ने अन्यथा राज्यका सेवा सुबिधाहरुबाट बन्चित हुनुपर्ने कानूनी ब्यबस्था लाई आत्मसाथ गर्दै अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित भएका वडाहरु घोषणा कार्यक्रम संचालन गरिनेछ।
१०। बिद्यार्थीहरुको नियमितता दरलाई उच्च बनाई उनिहरुको सिकाई सुनिश्चिततालाई जोड दिइनेछ।
११। बिद्यार्थीको सिकाई प्रति शिक्षकलाई र नियमितता प्रति अभिभावकलाई जिम्मेवार र जवाफदेही बनाईने छ । जेहन्दार छात्रछात्रालाई प्रोत्साहन गर्ने निति अंगिकार गरीनेछ । बिद्यालय शिक्षा उमेर समुहका सबै बालबालिकालाई बिद्यालय भित्र ल्याउन र टिकाई राख्ने अभिभावक शिक्षा तथा बहस पैरवी कार्यक्रम सञ्चालनमा ल्याइने छ ।
१२। भौतिक पूर्वाधार सुधार, शिक्षक ब्यवस्थापनको सुनिश्चितता, बालमैत्री बसाई ब्यवस्थापन, खेलकुद तथा सहक्रियाकलापमा बिद्यार्थीको सहभागिता एवं शिक्षक र कर्मचारीको क्षमता बिकासका लागि बिशेष ब्यवस्था मिलाइने छ ।
१३। बिद्यालयहरुको नियमित र सघन सुपरीबेक्षण तथा अनुगमन प्रणाली बिकास गरीने छ ।
१४। गाउँपालिकाबाट सञ्चालन गरीने सबै कार्यक्रमहरुमा सबैका लागि शिक्षा तथा अनिवार्य निशुल्क शिक्षा प्रतिको हामी सबैको साझा दायित्वलाई एकिकरण गर्दै लगिने छ ।
१५। संस्थागत बिद्यालयहरुले शिक्षा क्षेत्रमा पुर्यावएको योगदानलाई थप ब्यवस्थित र गुणस्तरीय बनाउन प्रेरित गरिने छ । मदरसा शिक्षाको मुलप्रवाहीकरणलाई ब्यवस्थित बनाउदै लगिने छ।
१६। शिक्षामा गाउँपालिका क्षेत्रभित्र क्रियाशील गैर सरकारी संस्थाहरुको कार्यलाई व्यवस्थित गरी नतिजामूलक वनाउन र प्रभावकारी परिचालन गर्न गैसस परिचालन नीति वनाईनेछ ।साथै मिडियासँगको सहकार्यलाई शैक्षिक सुधारमा उपयोग गरिनेछ।
१७। बिद्यालय शिक्षामा सूचना प्रविधि र नविनतम प्रविधिको विकासमा जोड दिइने छ। साथै शिक्षकहरुलाई नव९प्रवर्दन र अनुसन्धानात्मक कार्यमा प्रेरित गरिने तथा प्रयोगात्मक शिक्षामा जोड दिइनेछ ।
१८। आगामी वर्षदेखी गरिब, जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई १० कक्षा माथिको शिक्षामा शैक्षिक बृतिमार्फत गाउँपालिकाबाट १र१ जना छात्ररछात्राहरुलाई छात्रबृति प्रदान गर्ने नीति लिइनेछ ।
१९। आफ्नो पेशागत जिवनको लामो अवधि मायादेवी गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा अर्पण गर्ने शिक्षकहरुलाई दिर्घसेवा सम्मान प्रदान गरिने छ ।
२०। बिद्यालयहरुमा रेडक्रस, स्काउट, तेक्वान्दो, ट्राफिक सचेतना जस्ता अतिरिक्त क्रियाकलापमा जोड दिइनेछ । रेडक्रस, स्काउटजस्ता स्यमंसेवी तथा परोपकारिक संस्थाहरुको समन्वयमा कार्यक्रमहरु अगाडी बढाइनेछ।
२१। माध्यामिक विद्यालयहरुमा डिजिटल स्मार्टबोर्ड मार्फत पठनपाठनलाई डिजिटलाइज गर्दै लगिने छ ।
२२। सबै विद्यालय तथा मदरसाहरुमा रङ्गरोगन तथा घेराबार गरिने नीति लिईनेछ, साथै एक विद्यालयः एक फुलबारी कार्यक्रम लाई सबै बिद्यालयहरुमा अनिवार्य गरिनेछ ।
२३। आवश्यकता तथा औचित्यका आधारमा शैक्षिक क्रियाकलापहरुमा संस्थागत विद्यालयहरुसँग सहकार्य गर्ने नीति लिइने छ ।
२४। गाउँपालिकाको समग्र शैक्षिक गुणस्तर विकासका लागि बिषयगत विज्ञ समुहहरु गठन तथा परिचालन गरिनेछ।
२५। छात्राहरुलाई नियमित विद्यालय आउने वातावरण श्रृजना गरिने छ र संघीय सरकारको सहयोगमा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई गुणस्तरीय सेनिटरी प्याड निःशुल्क र भरपर्दो तरिकाबाट उपलब्ध गराउँदै आएकोमा वितरणमा सहजताका लागि भेण्डिङ्ग तथा डिष्पोजल मेशिनहरुको व्यवस्थापन गर्दै लगिने छ।
२६। नेपाल सरकार, प्रदेश सरकारको सहयोगमा प्राविधिक धारको शिक्षालाई विकास गर्नका निम्ती संम्भाब्यताको खोजी गरिनेछ ।
२७। वडास्तरमा रहेका सबै बिद्यालय ९सामुदायिक, संस्थागत तथा मदरसा० हरुको संचालन अवस्था एवं शैक्षिक कार्यक्रमहरुको अनुगमन, नियमन तथा ब्यबस्थापकिय सुधारमा वडाहरुलाई जिम्मेवार बनाइनेछ।
२८। शैक्षिक, बौद्धिक, साहित्यिक कार्यक्रम तथा खेलकुद मार्फत बालबालिका तथा युवाहरुमा जागरण ल्याउने नीति लिइनेछ ।
२९। युवा लक्षित कार्यक्रमहरुलाई प्रभावकारी बनाई युवाहरुको क्षमता विकास र युवा रोजगारीको लागि प्राविधिक सीपका तालिम कार्यक्रम सञ्चालन गरिनेछ । कार्यगत अभ्याससहितको तालिम कार्यक्रमलाई निरन्तरता दिइनेछ।
३०। युवाहरुमा उद्यमशीलता, सृजनशीलता एवम् सकारात्मक सोचको विकास गर्ने अभिप्रायका साथ सोही अनुरुपका सीप र क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गर्दै लगिनेछ ।
३१। दुर्व्यसनमा फसेका युवाहरुलाई लक्षित गरी लागु पदार्थ दुर्व्यसन एच।आइ।भि।एड्स नियन्त्रण गर्न समुदाय तहमा सचेतीकरण कार्यक्रम सञ्चालन गरिनेछ । दुर्व्यसनमुक्त समाज निर्माणका लागि सकारात्मक सोंच सम्वन्धी तालिमवाट स्वरोजगार र आत्म निर्भरता तर्फ अग्रसर गराइनेछ । समुदाय तहमा सञ्चालन गरिने पुनस्थापना कार्यक्रममा सहकार्य गरिनेछ।
३२। यूवालाई समाज रुपान्तरणको शसक्त अभियानको रुपमा लिई युवा परिचालनलाई संस्थागत गर्दै लगिनेछ।
३३। वडास्तरमा युवा क्लब तथा गा।पा स्तरमा युवा संजाल गठन गरी बिकास निर्माण, अनुगमन,योजना तर्जुमा लगायतका चरणहरुमा युवाहरुको संलग्नता गर्दै लगिनेछ।
३४। फुटवल, कबड्डी, क्रिकेट, ब्याडमिन्टनजस्ता खेलकुद प्रतियोगिता मार्फत मायादेवीको पहिचान उँचो वनाउदै लगिनेछ ।
३५। आजका युवा नै भोलीका राष्ट्रका कर्णधार हुने भएकाले विद्यालय शिक्षामा पनि खेलकुदलाई सिकाइको अभिन्न अंगको रुपमा विकास गरिनेछ ।
३६। खेलकुदबाट शिक्षक, कर्मचारी, बिद्यार्थीहरुको क्षमता विकास गरिनेछ । स्वास्थ्य का लागि खेलकुदमा जोड दिइनेछ ।
३७। संघ र प्रदेश सरकारको समन्वयमा खेलकुद पूर्वाधारको विकास, व्यवस्थापन र खेलकुद गतिविधि सञ्चालन गरिनेछ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी नीति तथा कार्यक्रमः
क। लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको नीति लिइनेछ । यसमा महिला तथा किशोरी विरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र शोषण अन्त्य गर्ने नीति लिइनेछ
ख। गरिव तथा विपन्न, दलित, आदिवासीजनजाति, मुस्लिम, एकल तथा अपाङ्गता भएका महिला, हिंसापीडित, वञ्चितिमा परेका सबै समुदायका महिला तथा किशोरीको आय आर्जन, क्षमता विकास र सशक्तीकरण गर्ने गरी कार्यक्रम सन्चालन गरिनेछ ।
ग। लैङ्गिक उत्तरदायी शासन पद्धतिको अवलम्बन गर्ने नीति लिइनेछ ।
घ। लैङ्गिक सम्पर्क बिन्दु तोकी महिला लक्षित बजेट विनियोजन, कार्यान्वयन र अनुगमन गर्ने व्यवस्था मिलाइनेछ ।
ङ। सामाजिक कुरीति, अन्धविश्वास, लैङ्गिक विभेद र हिंसाका न्यूनीकरण गर्ने नीति लिइनेछ ।
च। आर्थिक सामाजिक र शैक्षिक रुपमा पछाडी परेका महिला, दलित, आदीवासी जनजाती, मुस्लिम, अपाङ्गता भएका व्यक्ति लगायतका वर्ग तथा समुदायलाई सिप मूलक, आय मूलक र सचेतना मूलक कार्यक्रम सन्चालन गरिनेछ ।
छ। घरेलु हिंसा अन्त्य गर्ने नीति घरेलु हिंसा अन्त्यका लागि बहस, पैरवी र चेतनामूलक अभियान सम्बन्धी कार्यक्रम प्रत्येक वडामा सन्चालन गरिनेछ ।
ज। गाउँपालिका अन्तरगतका सम्पुर्ण सार्बजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा बच्चा सहितका सेवाग्राही र सेवाप्रदायकलाई सजिलो होस भन्ने उद्देश्यले छुट्टै स्तनपान कक्षको ब्यवस्थापन गरिनेछ ।
झ। बालबालिका तथा किशोर किशोरी विरुद्ध हुने सबै प्रकारका हिंसाको अन्त्य गरी उनीहरुको जीवनलाई सुरक्षित बनाउने नीति अवलम्बन गरिनेछ ।
ञ। अपाङ्गता भएका बालबालिकाहरुलाई उनीहरुको शारीरिक अवस्था अनुसार विशेष शिक्षामा छात्रवृत्ति प्रदान गरिनेछ ।
ट। प्रत्येक वडामा बालक्लव गठन गरी गाउँपालिका स्तरीय बाल सन्जाल गठन गरी बालमैत्री गाउँपालिका स्थापनाको आधार तयार गरिनेछ ।
ठ। प्रत्येक वडामा किशोरी समुह बनाइ गाउँपालिका स्तरीय किशोरी सन्जाल गठन गरिनेछ ।
ड। बालश्रम, बालविवाह, बहुविवाह, दहेज, बोक्सी प्रथा अन्त्य गर्ने नीति किशोरी समुह सन्जाल बालक्लव र बालसन्जाल मार्फत कार्यक्रम सन्चालन गरिनेछ ।
ढ। सामाजिक सुरक्षा तथा संरक्षण संबन्धी नीति बालबालिका पुनर्स्थापना केन्द्र, ज्येष्ठ नागरिक, अशक्त स्याहार केन्द्र स्थापना र सन्चालनका लागि पहल गरिनेछ ।
ण। नयाँ बन्ने भौतिक संरचनाहरु अपाङ्ग मैत्री, बालमैत्री र लैङ्गिक मैत्री बनाउने व्यवस्था मिलाइनेछ ।
त। पारिवारिक र सामाजिक माध्यमबाट ज्येष्ठनागरिकको लागि हेरचाह र स्याहार सुसारको उपयुक्त वातावरण बनाउने नीति लिइनेछ । उचित स्याहार सुसार गर्ने परिवार सम्मान कार्यक्रम गरिनेछ ।
थ। ज्येष्ठ नागरिकको जीवन सम्मानित, सुरक्षित र व्यवस्थित बनाई प्रत्येक वडामा ज्येष्ठ नागरिक शितल चौतारीको व्यावस्थापन गरि अन्तरपुस्ता सिकाई आदान प्रदान कार्यक्रम सन्चालन गरिनेछ ।
द। अपाङ्गता भएका व्याक्तिको आर्थिक तथा सामाजिक सशक्तीकरणसँगै सहज र सम्मानपूर्ण जीवन सुनिश्चित गरिनेछ । उनीहरुलाई स्वरोजगार तथा रोजगारमुखी कार्यक्रम मार्फत आत्मनिर्भर बनाउन पहल गरिनेछ ।
स्वास्थ्यः
१। संघिय सरकारबाट प्राप्त शसर्त कार्यक्रम र बजेटसँग तालमेल हुनेगरी स्वास्थ्यका कार्यक्रमहरुलाई प्रभावकारी बनाउदै पालिकाको स्वास्थ्य प्रणाली सुधार तथा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न पालिका स्तरिय स्वास्थ्य नीति तथा ऐनको प्रावधान अनूकुलका कार्यक्रमलाई प्राथमिकतामा राखि कार्यक्रम तथा बजेटको व्यवस्थापन गर्ने नीति लिईनेछ ।
२। गाउँपालिकाबाट सञ्चालित आधारभूत स्वास्थ्य सेवा केन्द्रहरु, स्वास्थ्य चौकीरगाउँघर क्लिनिकरखोप क्लिनिकबाट प्रदान गरिदै आएका स्वास्थ्य सेवाहरुलाई थप गुणस्तरीय बनाउन र औषधि, औजार, उपकरणको अभाव हुन नदिन बजेट विनियोजन गरिनेछ । साथै यस पालिका भित्र बसोबास गर्ने गरिब, सिमान्तकृत तथा पछाडी परेका समुदाय भएका क्षेत्रहरुमा आवश्यकताका आधारमा स्वास्थ्य सेवाको विस्तार गर्दै लगिने छ ।
३। पालिका स्तरको महामारी रोग नियन्त्रण तथा विपद् व्यवस्थापनका लागि आकस्मिक योजना बनाई कार्यान्वयन गरिने छ । साथै महामारी तथा प्राकृतिक प्रकोपको व्यवस्थापन गर्न पालिका स्तरमा कोष स्थापना गरिनेछ ।
४। स्वास्थ्य संस्थामा सुत्केरी हुने दर बढाइ मातृ तथा नवशिशु स्वास्थ्य र पोषण स्थितिमा सुधार ल्याउन स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउने आमाहरुलाई थप प्रोत्साहनको व्यवस्थापन गर्दै लगिनेछ ।
५। विगत वर्षदेखि संचालित जेष्ठ नागरिक, ५ वर्ष मुनिका बालबालिकाहरु र महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुलाई उपलब्ध गराउँदै आएको निःशुल्क स्वास्थ्य सेवाकार्यक्रमलाई निरन्तरता दिई थप व्यवस्थित बनाइने छ ।
६। महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाको सेवालाई थप प्रभावकारी बनाउन प्रोत्साहन स्वरुप मासिक सञ्चार खर्चलाई निरन्तरता दिदैं सेवा सुविधाको लागि कार्यविधि बनाई लागु गरिने छ ।
७। स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका कार्यहरु थप प्रभावकारी बनाइनुका साथै स्वास्थ्य संस्थाको नियमित अनुगमन गरी स्वास्थ्यकर्मीको मनोबल बढाउने र सुशासन कायम गर्ने कार्यलाई प्राथमिकता दिइने छ ।
८। स्वास्थ्य सूचना प्रणाली तथा आपूर्ति व्यवस्थापनलाई थप व्यवस्थित गर्न सम्पूर्ण स्वास्थ्य संस्थाहरुबाटै अनलाइन माध्यमबाट प्रतिवेदन प्रविष्ट गर्ने व्यवस्था मिलाइनुका साथै समिक्षा प्रणालीलाई थप व्यवस्थित बनाइने छ ।
९। स्वास्थ्य कार्यक्रमको नियमित अनुगमन तथा मूल्याङ्कन र नियमन गर्ने संयन्त्रको विकास गरिनेछ ।
१०। २०३० को दिगो बिकास लक्ष्य हासिल गर्न आमा तथा नवजात शिशु मृत्युदर लाई कम गर्न सस्थागत सुत्केरी बढाई जिरो होम डेलीभरी पालिका बनाउन यस पालिका भित्रका गर्भवति तथा सुत्केरी आमाहरुलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराईने छ।साथै जेष्ठ नागरिक ७० बर्ष भन्दा माथिका, अति गरिब र अपाङ्ग क र ख परिचय पत्र बाहकहरुलाई रुपन्देही जिल्ला भरी निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराईने छ ।
११। पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा आङ खसेका, प्रजनन रुग्णता भएका महिलाहरुको स्क्रिनिङ गरी उपचारको दायरामा ल्याईने छ ।
१२। पालिका भित्र रहेका अति बिपन्न नागरिक हरुलाई स्वास्थ्य बिमा गरिनेछ ।
१३। स्वास्थ्यका कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउन स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्था साथै दातृ निकायहरुसँग समन्वय गरी स्वास्थ्य क्षेत्रमा स्रोतको व्यवस्थापन गर्न पहल गरिने छ ।
१४। स्वास्थ्यकर्मीरमहिला सामुदायिक स्वास्थ्य स्वयं सेविकारस्वास्थ्य संस्था व्यवस्थापन समितिक पदाधिकारीहरुको क्षमता र सिप विकास गर्न विभिन्न क्लिनिकल तालिमहरु, अनसाइट कोचिङ्गहरु संचालन गरिनेछ ।
१५। किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणिकरणका लागि उचित मापदण्ड पूरा गरी सबै स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिने छ ।
१६। गापा स्तरमा कार्यरत स्वास्थ्य सेवाका स्थायी तथा करार सेवाका कर्मचारीहरुलाई आवश्यक्ता तथा औचित्यताको आधारमा जिम्मेवारी तथा कार्यक्षेत्र हेरफर गर्न सकिनेछ । करार सेवाका कर्मचारीहरुलाई कार्य सम्पादन मूल्याङ्कनका आधारमा करार सम्झौता गरिनेछ।
आयुर्वेद तर्फः
१। हरेक वडामा आयुर्वेद घुम्ती सेवा तथा नागरिक आरोग्य कार्यक्रम संचालन गर्ने व्यवस्था मिलाईने छ।
२। आयुर्वेद औषधालयको सेवाको स्तरउन्नती गर्दै नसर्ने रोगको प्रकोप न्युनीकरण गर्ने नीति लिइने छ ।
३। आयुर्वेद औषधालयको स्थायी संरचनाको लागि जग्गा प्राप्तिको प्रकृया अगाडि बढाईनेछ ।
४। अत्यावश्यक सुचिमा परेका आयुर्वेद औषधीहरु निःशुल्क वितरण व्यवस्था निरन्तरता लगिने छ ।
टोल विकास सम्बन्धी नीतिः९
१। मायादेवीका घर आगन टोल वस्तीमा सचेतना मुलक कार्यक्रम सचालन गराउने र सरसफाइलाई घरघर बाट जागरुक बनाई हरेक टोलहरुलाई सफा स्व्चछ र सृन्दर टोल स्थापना गरि समृद्ध गाउँपालिका बनाउने लक्ष अनुरुप नियमित सरसफाई अभियान कार्यक्रम संचालन तथा संथाहरुलाई टोल सरसफाई सामाग्रीहरु बितरण गरिनेछ ।
२। टोल विकास संस्थाहरुलाई वडाको तल्लो इकाइको रुपमा विकास गरि बिभिन्न निकायबाट प्रवाह हुने सेवामा प्रभावकारीताका निम्ती गा।पा। तथा वडाको सहयोगी संस्थाको रुपमा टोल बिकास संस्थाहरुलाई सकृय बनाउदै लैजान बिभिन्न किसिमका कार्यक्रमहरु संचालन गरिनेछ ।
सामाजिक परिचालन तथा स्थानिय विकास कोषको नीतिः९
१० सामाजिक परिचालन कार्यलाई व्यवस्थित गर्दै कार्यको प्रयोगमा एकरुपता ल्याउन यसको क्षेत्रलाई साझा अवधारणा बनाई स्थानीय विकास कोषबाट संचालनमा रहिरहेका सामुदायिक संस्थाहरुलाई स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनको समुचित रुपमा परिचालन गर्न सक्षम नेतृत्वको विकास गरिने छ ।
२० संगठन, बचत र सीपको अधिकतम प्रयोग गरी नागरिकहरु विशेष गरी विपन्न वर्गको विकासको लागि विद्यमान आर्थिक, सामाजिक, सांस्कृतिक तथा अन्य संरचनागत अवरोधहरु हटाई नागरिकहरुको जीवनस्तर माथि उठाउने कार्यमा जोड दिइने छ
३० सामुदायिक संस्थाहरुलाई परिपक्कता हाँसिल गरे पश्चात सहकारीमा रुपान्तरण हुन प्रोत्साहन गर्दै सामुदायिक सहकारी स्थापना गर्ने लक्ष्य लिईने छ ।
आर्थिक विकास समितिः९
कृषि विकास
ज्ञ० यस गाउँपालिकाको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि रहेकोले कृषि क्षेत्रको विकासलार्इ प्राथमिकता दिइनेछ ।यसको लागि देहायबमोजिम गरिनेछ।
१० स्थानीय रुपमा तुलनात्मक लाभ दिने तरकारी खेती, अन्नबाली खेती, फलफुल खेती, च्याउ खेती, पशुपालन, माछापालन जस्ता कृषि कार्यहरुमा प्रविधि प्रसार तथा आवश्यक सहयोगको माध्यमबाट उत्पादन तथा उत्पादकत्व बढाइने र उत्पादनको बजारीकरण तथा व्यावसायीकरणलार्इ प्रोत्साहन गरिनेछ ।
२० भु९उपयोग प्रणालीलार्इ अझ सुढृढ गरिनेछ । कृषि भूमिलार्इ गैर कृषि प्रयोजनमा ल्याउन निरुत्साहित गरिनुका साथै खाली रहेका सार्वजनिक तथा सरकारी जग्गाहरुमा समेत कृषि कार्य गर्न प्रोत्साहित गरिनेछ ।
३० निःशुल्क कृषि मिटर सिफारिस गर्ने तथा सिँचार्इ सुविधा विस्तार गर्न सामुहिक सिँचार्इ कार्यक्रमलार्इ प्राथमिकता दिइनेछ ।
४० रैथाने बालीलाई प्रवर्द्धन गर्ने नीति लिईनेछ ।
५० बैदेशिक रोजगारबाट फर्केका युवाहरुलार्इ कृषि पेशा तर्फ आकर्षित गर्न विभिन्न युवा लक्षित कृषि कार्यक्रमहरु सञ्चालन गरिनेछ र कृषि पेशालार्इ सम्मानित र व्यावसायिक बनार्इ कृषिमा आश्रित जनताको जिवनस्तर सुधार्न सहयोग गरिनेछ ।
६० प्राङ्गारिक मलको उत्पादन तथा प्रयोगलार्इ प्रोत्साहित गरिनेछ ।
७० कृषि एकीकृत गुरुयोजना निर्माण कार्य सम्पन्न गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइनेछ ।
८० किसान सूचिकरण कार्यलार्इ सम्पन्न गरिनेछ र किसान परिचयपत्र वितरण कार्यलार्इ अगाडि बढाइनेछ ।
९० बाली तथा पशु बिमा कार्यक्रमलार्इ कृषकहरुको पहुँचसम्म पुर्याउनको लागि आवश्यक सहयोग गरिनेछ । बाली तथा पशुधनको बिमा गर्दा किसानले तिर्ने प्रिमियममा अनुदानको व्यवस्था मिलाइनेछ ।
१०० पशु सेवा शाखाबाट सञ्चालन हुने अनुदान तथा वितरण कार्यलार्इ प्रभावकारी, मर्यादित र व्यवस्थित बनाउन पशुपालक कृषक परिचयपत्र वितरण गरिनेछ ।
११० कृषिमा यान्त्रिकरणलार्इ प्रबर्धन गर्नुको साथै सरोकारवाला निकायहरुसँग समन्वय गरी पालिकाको नियन्त्रणमा रहने गरी कस्टम हायरिङ्ग सेन्टर निर्माण गर्न पहल गरिने छ ।
१२० गाउँपालिका क्षेत्रभित्र सम्भावित स्थलमा नयाँ हाटबजार निर्माण तथा उपलब्ध हाटबजारहरुको संरचनात्मक सुधार गर्दै सहज रुपमा विनिमय गर्न सक्ने व्यवस्थित हाटबजारमा रुपान्तरित गर्न जोड दिइने छ ।
१३० कृषि उत्पादनलार्इ भण्डारीकरण गर्नको लागि शित भण्डार लगायतका भौतिक संरचनाहरु निर्माण गर्न पहल गरिनेछ ।
१४० गार्इ भैसी तथा बाख्रामा नश्ल सुधार कार्य गरिनेछ ।कृत्रिम गर्भाधान कार्यक्रमलार्इ प्रभावकारी रुपमा अगाडि बढाइनेछ । साथै दूध तथा माछा मासुमा मायादेवी आत्मनिर्भर गराइने प्रयास गरिनेछ ।
१५० उत्पादनमा आधारित अनुदान प्रणाली विकास गरिनेछ ।
द्द० कृषि कार्य लगायत अन्य उत्पादनमुलक र रोजगारी सिर्जना गर्ने खालको कार्यहरु गर्नको लागि स्थानीय विकास कोष लगायत विभिन्न बैँक तथा वित्तिय संस्थाहरुबाट सहज रुपमा र सुलभ दरमा ऋण उपलब्ध गराउन समन्वय गरिनेछ ।
घ० गरिब, भुमिहिन तथा अन्य लक्षित वर्गका सीप भएका किसानहरुलार्इ विशेष सुविधाहरु उपलब्ध गरार्इ कृषि कार्य लगायत अन्य उत्पादनमुलक कार्यहरुमा संलग्न हुन प्रोत्साहित गरिनेछ ।
द्ध० सहकारीमा आधारित कृषि उद्योग एवम् व्यवसायको प्रबर्द्धनलार्इ जोड दिइनेछ ।
छ० भूउपयोग ऐन नियमावली तथा नेपाल सरकारको नीति अनुरुप भूमिको वर्गीकरण गरी भुमिको समूचित उपयोग र प्रभावकारी व्यवस्थापन गर्नका लागि भूउपयोग योजना बनार्इ कार्यान्वयनमा प्राथमिकता दिइने छ ।
ट० शिक्षा, तालिम र सुचनाको माध्यमबाट समुह ,सामुदायिक संस्था तथा सहकारीहरुको क्षमता विकास गरी संस्थागत विकास सम्बन्धि जनचेतना अभिवृद्धि गर्दै लगिने छ ।
ठ० सहकारी संस्थाहरुलार्इ पुँजी भौतिक तथा मानविय संसाधन द्रवारा सक्षम र आत्मनिर्भर बनार्इ सेवामा गुणात्मकता तथा परिमाणात्मकतामा वृद्धि गर्न सहकारी संस्थाहरुको एकीकरण गर्दै लगिने छ ।
ड० स्थानीय कच्चा पदार्थमा आधारित लघु तथा घरेलु उद्यमहरुको प्रबर्धन गर्न सीपमूलक तालिमको व्यवस्था गरी उत्पादीत वस्तुहरुको बजारीकरण सुनिश्चित हुने व्यवस्था मिलाउन पहल गरिनेछ ।
ढ० यस गाउँपालिमा अन्तर्गत सञ्चालनमा रहेका उद्योग कलकारखानाहरुमा निश्चित प्रतिशत स्थानीय नागरिकहरुलार्इ रोजगारी दिनुपर्ने व्यवस्थाको लागि उद्योगीहरुसँग समन्वय गरि रोजगारी प्रदान गर्न पहल गरिनेछ ।
सहकारी नीति तथा कार्यक्रम :
१० सहकारीमार्फत हुने वित्तिय कारोवारलाई सुरक्षित र भरपद्रो बनाउन सबै सहकारी संस्थाहरुको नियमित अनुगमन र सो को आधारमा नियमन हुने प्रभावकारी व्यवस्था गरिनेछ ।
२० सहकारीको निर्दिष्ट मुल्य र सिद्धान्तहरुको अभ्यास गर्दै प्रभावकारी व्यवस्थापन विधिको अवलम्बनमार्फत सहकारी क्षेत्रमा सुशासन कायम गर्न सक्षम सहकारीहरुलाई पुरस्कार प्रणालीमार्फत प्रोत्साहन गर्दै लगिनेछ ।
३० कृषि उत्पादन, भण्डारण, प्रशोधन तथा बजारीकरण र कृषि सामाग्रीहरुको आपूर्ति व्यवस्थापनमा कृषि सहकारी संस्थाहरुको संलग्नतालाई प्रोत्साहित गरिनेछ ।
४० शिक्षा, तालिम र सुचनाको माध्यमबाट सहकारी संस्थाहरुको क्षमता विकास गरि संस्थागत विकास सम्बन्धी जनचेतना अभिवृद्धि गर्दै लगिनेछ ।
५० सहकारी संस्थाहरुलाई पुँजी, भौतिक तथा मानवीय संसाधनद्धारा सक्षम र आत्मनिर्भर बनाई सेवामा गुणात्मकता वृद्धि गर्दै सहकारी संस्थाहरुको एकीकरण गर्दै लगिनेछ ।
श्रम तथा रोजगार प्रबर्द्धन
१० प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगार सेवा केन्द्रमा सुचिकृत बेरोजगारहरुलाई रोजगारिको अवसर प्रदान गरिनेछ ।
२० योजना तथा विकास कार्यक्रम तर्जुमा गर्दा स्थानीय कच्चा पदार्थ, सीप र प्रविधीको प्रयोग हुने तथा रोजगारी सिर्जना गर्ने आयोजना छनौटमा प्राथमिकता दिईनेछ ।
३० सार्वजनिक नीजि साझेदारी ९एगदष्अि९एचष्खबतभ एबचतलभचकजष्उ० को माध्यमबाट युवा लक्षित उद्यम व्यवसाय प्रवर्द्धन गर्ने नीति अवलम्वन गरिने छ ।
वातवरण तथा विपत व्यवस्थापन :
१। वन हरियाली र जैविक विविधताः९
क। बेलवास बेथरी लुम्विनी सडक नहरको दायाँबायामा सडक मापदण्ड अनुरुप विभिन्न जातका बोट विरुवाहरु रोपी सुन्दरीकरण गरिनेछ ।
ख। नेपाल सरकार र प्रदेश सरकारसगँको सहयोगमा एक स्थानीय तह एक नमुना कृषि वन कार्यक्रम संचालन गरिनेछ ।
ग। सार्वजनिक जग्गा ऐतिहासिक स्थलहरु नदी किनार नहर तथा सडक किनारा तथा निजि जग्गामा वृक्षारोपण कार्यक्रम संचालन गरिनेछ ।
घ। जलवायु परिवर्तनको असरहरुलाई न्यूनीकरण गर्नका लागि जलवायु अनुकुलन कार्यहरु गरी वातावरण संरक्षणमा जोड दिइनेछ ।
ङ। एक वडा एक हरित उद्यान पार्क निर्माण गरिनेछ ।
च। गा। पा। वरिपरिको खाली जग्गामा हरित पार्क निर्माण गरिनेछ ।
२। भूःसंरक्षण र जलाधारः९
१। भूःसंरक्षण र जलाधार व्यवस्थापन गर्न सार्वजनिक पोखरी नदी किनारको तटबन्ध दानव र तिनाउ नदीमा तटबन्ध निमार्णको लागि संघ र प्रदेशसँग समन्वय गरी व्यवस्थित गरिनेछ ।
२। एक गाउँ एक पोखरी नीति अवलम्वन गरिनेछ ।
३। गाउँपालिका क्षेत्र भित्रका सार्वजनिक स्थलको संरक्षण र सम्वर्दनका लागी सरोकारवालाहरुको सहभागिता जुटाई वृक्षारोपण कार्यक्रम संचालन गरिनेछ ।
४। सार्वजनिक स्थानमा रहेका पोखरीहरुको संरक्षणका लागि आवश्यक तारबारको व्यवस्था मिलाइनेछ ।
३। वातावरण तथा फोहोरमैला व्यवस्थापन
१० वातावरण तथा फोहोरमैला व्यवस्थापनका लागी टोल विकास संस्थासँग सहकार्य गर्ने नीति अवलम्वन गरिनेछ ।
२० जैविक अजैविक फोहोरमैला लाई उत्पादन तहदेखी नै वर्गीकरण गरी छुटाछुटै संकलन गर्ने व्यवस्था मिलाइनेछ । फोहोर व्यवस्थापनको लागी सम्भाव्यता अध्ययन गरीनेछ ।
३० वातावरणीय सन्तुलनलाई दिगो बनाउन गाउँपालिका क्षेत्र भित्र प्लाष्टिक झोला प्रयोगलाई व्यवस्थित गर्ने नीति अवलम्वन गरिनेछ ।
४० सार्वजनिक स्थानमा सडक नाली खुल्ला स्थानमा फोहोर फाल्ने प्रवृतिलाई निरुत्साहित गरिनेछ ।
४। विपद व्यवस्थापनः
१। स्थानीय विपद पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना निर्माण गरि सोही अनुरुप विपद न्यूनीकरणका लागी पूर्व सूचना प्रणाली सम्बन्धी कार्यक्रम कार्यान्वयन गरिनेछ ।
२। यस गाउँपालिकाको स्थानीय विपद तथा जलवायु उत्थानशिलता योजना निर्माण गरिनेछ ।
३। तिनाउ र दानव खोलाको विभिन्न ठाउँहरुमा नदी कटान डुवान जस्ता समस्या समाधान गर्न आवश्यक तटबन्ध निर्माणका पहल गरिनेछ ।
४। एक घर दुई विरुवाको अवधारणालाई आत्मसाथ गरिनेछ ।
५। सरसफाई र फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन वडा स्तरमा फोहोरमैला व्यवस्थापन तथा अनुगमन समिति गठन गरी प्रभावकारी रुपमा संचालन गरिनेछ ।
६। सार्वजनिक जग्गाको संरक्षणमा वडा समिति र समुदायलाई अग्रसर गराउदै लगिनेछ ।
७। वातावरण संरक्षण विपद् व्यवस्थापनको लागि व्यापक रुपमा जनचेतनामुलक कार्यक्रम संचालन गरिनेछ ।
८। विपदमा परेकालाई तत्काल उदार राहत र सहयोगको कार्यक्रम संचालन गरिनेछ ।
९। यस गा।पा। अन्तर्गत आगलागीजन्य विपदका घटनाहरुको व्यवस्थापन गर्न सि।न।पा। सियारी गा। पा। र मायादेवी गा।पा। सँग साझेदारीमा एक दमकल रहेको र सो दमकलमा मात्र भर पर्दा आवश्यक परेको बखत दमकल प्राप्त हुन नसकेकोले यस मायादेवी गा।पा। को लागी दमकल खरिद प्रयोजनार्थ प्रदेश सरकारसँग रकम माग गरिनेछ ।
पालिको सभाहलमा भएको सो कार्यक्रममा सभासदस्य,कर्मचारी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संञ्चालन पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले गरेका थिए ।