सरकारले जवर्जस्ती कर बढाएर व्यवसायीलाई मलम दिन सकेन

प्रकाशित मिति:

प्रकाश न्यौपाने
असार ०२ गते
नवलपरासी ।
सरकारले ल्याएको बजेटमार्फत जवर्जस्ती कर बढाएको चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताउनु भयो ।

कर होइन करको दायरा बढाउनु पर्नेमा सरकारले कर बढाएको बताउदै उहाले – सरकारले बजेट मार्फत व्यवसायी उधोगीहरुले कर घटाएर राहत दिने अपेक्षा गरे पनि राज्यले कर बढाएर व्यवसायीलाई मलम लगाउन सकेन । स्थानीय स्तरमा थ्री पी मा आधारित रहेको लगानी मैत्री वातावरण सृजना गर्नु पर्ने आजको अवाश्यकता रहेको छ । स्थानीय तहमा पब्लिक , प्राइभेट र पाटनर सीपका माध्यमबाट लगानी गर्न सकिने छ ।”
बैकले सानालाई ऎन र ठुलालाई चैन बनाएको बताउदै उहाले-“बैंकले कर्जा दिदा सम्बन्धका आधारमा बेस रेटमा शुन्य दशमलव ५ प्रतिसत प्रीमियम लिने र सम्बन्ध नभएका व्यवसायीहरुलाई ५ प्रतिसत लिने गरेको बताउनु भयो ।

रुपन्देही र नवलपरासीलाई व्यापारी हबको रुपमा बिकास गर्ने सकिने जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवले बताउनु भयो । उहाले खुल्ला सिमानाका कारण जिल्लाका व्यवसायीलाई मर्का परेको बताउनु भयो ।

लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष टंक प्रसाद पोखरेलले निजि क्षेत्रका एजेन्डालाई मुखकृत गर्नु पर्ने आजको आवश्यक रहेको बताउनु भयो । उहाँ भन्नू हुन्छ-” नेपालको राजनीति थितिमा नभएका कारण व्यवसायीहरुले दुख पाइरहनु परेको छ ।” उद्योगी र व्यवसायीहरुलाई राज्यले सरक्षण गर्न सक्नु पर्ने बताउदै उहाले लगानी मैत्री वातावरण बनाउन सके रोजगारीको सृजना गर्ने, नया लगानी भित्र्याउन सकिने बताउनु भयो ।
लुम्बिनी प्रदेश खानेपानी महासंघका अध्यक्ष थान प्रसाद गैर, बर्दघाट उधोग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, बर्दघाट नवलपरासी पालिकाका निवर्तमान नगर प्रमुख धिरज शर्मा बस्याल, नेपाल पत्रकार महासङ नवलपरासीका कोषाध्यक्ष प्रकाश न्यौपाने लगायतले बोल्नु भएको छ ।