नेपाल गणित समाजको आयोजनामा रुपन्देहीको तिलोत्तमा न पा को द एस आर होटलमा कक्षा ९देखि १२ का गणित शिक्षकहरूको ८ दिने तालिम तथा कार्यशाला गोष्ठीको भौतिक चरणको लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा डा विनोद प्रसाद ढकालले उद्घाटन गर्नु भयो । नेपाल गणित समाज केन्द्रिय समिति र नेपाल गणित समाज लुम्बिनी प्रदेश च्याप्टरको संयुक्त आयोजना र निक साइमण्ड फाउण्डेशनको सहयोगमा सञ्चालित उक्त कार्यक्रमको सभापतित्व नेपाल गणित समाज केन्द्रका सभापति प्रा डा नारायण प्रसाद पहारीले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रा डा विनोद ढकालले नेपाल गणित समाजले सञ्चालन गरिरहेको यो कार्यक्रमले दुरगामी महत्व राख्ने र गणितको सिकाई प्रकृयालाई गुणात्मक रुपमा परिवर्तन गरी विद्यार्थीहरुको सिकाइ उपलब्धिमा स्तर वृद्धि गर्ने र बिद्यमान अबस्थाको रिजल्टमा आमुल परिवर्तन गर्ने विश्वास व्यक्त गर्नुभयो । गणित समाजका पुर्ब सभापति प्रा डा चेतराज भट्ट, प्रा डा प्रकाशमुनी बज्राचार्य को बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल गणित समाजका केन्द्रीय उपसभापति डा श्रीराम खड्काले स्वागत तथा कार्यक्रम हाइलाइट प्रस्तुत गर्दै विगत १ वर्ष अगाडि देखि देशभरका विभिन्न विश्वविद्यालय तथा विदेशमा रहेर नेपालमा गणिणको स्तर अभिवृद्धिमा काम गरिरहेका ब्यक्ति तथा संस्थाहरुसंगको सहकार्यमा बिभिन्न चरणमा कार्यशाला गोष्ठीहरु सम्पन्न गरी ट्रेनिङ्ग म्यानुअल तयार गरी केन्द्रीय सोसाइटी मार्फत प्रदेश सोसाइटी र तिनीहरुसंगको सहकार्यमा शिक्षक तालिमहरुलाई आधारभूत तहसम्म पुर्याउने गरी डिजाइन गरिएको कार्यक्रमको लुम्बिनी प्रदेश बाट सुरुवात गरिएको बताउनु भयो । उक्त कार्यक्रममा शिक्षा तालिमकेन्द्र प्रदेश कार्यालय भैरहवाका प्रमुख श्री टिकाराम अर्यालले प्रदेश अन्तर्गतका तालिम तथा गोष्ठीहरुमा नेपाल गणित समाजका विशेषज्ञहरुको विशेषज्ञताको प्रयोग गर्न र गणितका तालिमहरुलाई अझै प्रभावकारी बनाउन तालिमकेन्द्र सहकार्यको निम्ति तयार रहेको बताए बताउनु भयो ।
हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुषाल, प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा , लुम्बिनी बाणिज्य क्याम्पसका क्याम्पस प्रमुख प्रा डा तारा प्रसाद उपाध्याय ज्ञवाली, बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा खिमानन्द न्यौपाने , हिसान नेपालका केन्द्रीय उपाध्यक्ष लोकनाथ उपाध्याय लगायतले सम्बोधन गर्नुभएको थियो । नेपाल केमिकल सोसाइटी लुम्बिनीका अध्यक्ष डा कृष्ण शर्मा, जुलोजिकल सोसाइटी लुम्बिनीका अध्यक्ष बाबुराम बन्जाडे,फिजिकल सोसाइटी लुम्बिनीका सचिव लक्ष्मिनाथ भट्टाराईको उपस्थितिमा संचालित उक्तकार्यक्रमको सञ्चालन नेपाल गणित समाजका लुम्बिनी प्रदेश सभापति गोपालप्रसाद आचार्यले गर्नु भएको थियो। २०८०आषाढ १ गतेदेखि अनलाइन मोडमा सञ्चालनमा रहेको उक्त कार्यक्रमको आषाढ ९ गते भौतिक मोडमा समापन हुनेछ । लुम्बिनी प्रदेशका सबै जिल्लाहरुका निजी तथा सामुदायिक बिद्यालयहरुबाट उपस्थित सहभागी प्रशिक्षार्थीहरुको संख्या ६१ तथा बिशेषज्ञ हरुको संख्या २५ रहेको छ । त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, महेन्द्र संस्कृत विश्वविद्यालय लगायतका विश्वविद्यालका बिशेषज्ञ तथा गणितका बरिष्ठ अध्येताहरुबाट प्रशिक्षण दिइने यो कार्यक्रमले आम विद्यार्थीहरुमा गणित प्रतिको अभिरुची व्रृद्धिगर्ने र गणितको लोकप्रियता र लगाव बढाउदै सिकाइको स्तर बृद्धि गर्ने अपेक्षा गरिएको छ ।