रीमा बि.सी.-रुपन्देही असार । मधेश प्रदेश र लुम्निी प्रदेशका युवा, महिला र सीमान्तकृत समुदायका मानवअधिकार रक्षकहरुबीच २ दिने ज्ञान र अनुभव आदान प्रदान कार्यशाला बुटवलमा सुरु भएको छ ।युएसआइडीको आर्थिक सहयोगमा संचालित नागरिक समाज र संचार परियोजनामा द एसिया फाउण्डेशन, फोरम एसिया र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको संयूक्त आयोजनामा असार १३ गते देखि १४ गतेसम्मका लागि बुटवलमा सुरु भएको छ ।कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले महिला, युवा, बालबालिका र सीमान्तकृत समुदायको क्षेत्रमा हालसम्म गरिएका प्रयासहरु, असल अभ्यास, अनुभव र चुनौतीका विषयमा बोल्दै मधेश प्रदेश र लुम्बिनी प्रदेशका मानवअधिकार रक्षकहरु वीचको ज्ञान,अनुभव र सिकाईलाई सक्रिय भएर आदान प्रदान गर्न आग्रह गर्नुभयो ।
त्यसै गरी फोरम एसियाका कार्यक्रम संयोजक डाक्टर देवेन्द्र अधिकारीले महिला, युवा,सीमान्तकृत समुदायको सवाललाई लक्षित र केन्द्रित गरि कार्ययोजना बनाइ अगाडी बढन आग्रह गर्दे मधेश र लुम्बिनी प्रदेशमा कार्यरत अभियान्ताहरुका बीचमा ज्ञान सीप र अनुभव साटासाट गर्न कार्यशालाको आयोजना गरिएकोले कार्यशाला उपलब्धी मुलक हुने बताउनुभयो ।दुइ दिने कार्यशालामा इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवान र लुम्बिनी प्रदेशका संयोजक भोला महतले प्रदेशको मानवअधिकारको अवस्थाका विषयमा सहजीकरण गर्नुहुनेछ । भने पत्रकार बालकृष्ण साहले सहजीकरण गर्नुहुनेछ ।कार्यशालामा दुइ प्रदेशवीच सिकाई र अनुभवको आदान प्रदान गर्दे लुम्बिनी प्रदेश र मधेश प्रदेशले भोग्नुपरेका समस्या चुनौती, अवरोध र समाधानका लागि संभावित अवसर र विपकल्पहरु खोज्ने अभ्यास,प्रदेश सरकारले बनाएका प्रभावकारी नीतिहरु, विकास प्रकृयाका बारेमा प्रस्तुतीकरण , सहकार्यको अभ्यास, अवसरहरुको पहिचान,कारक तत्वहरुको जाँच, वकालतका लागि सामुहिक योजना लगायतका विषयमा सहजीकरण गरिने इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश र मधेश प्रदेशका महिला,युवा तथा सीमान्तकृत समुदायका अभियान्ता तथा मानवअधिकार रक्षकहरुको सहभागिता रहेको छ ।