काठमाडौं, असार – नेपाली कांग्रेसको तरूण भातृ संगठन नेपाल तरूण दलले पूर्णता पाएको छ ।विद्वान गुरूङ अध्यक्ष रहेको समितिलाई बिहिबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्णता दिएका हुन् । दलले पुर्णता पाएसँगै अब अध्यक्षसहित ४ सय १ सदस्यीय बनेको छ । समितिमा सबैलाई सदस्यको जिम्मेवारी तोकिएको हो ।