प्रकाश न्यौपाने / नारायण भण्डारी
असार १७
उनको नाति बिरामी भयो । नाति बिरामी हुदा कहिले परासी, कहिले भैरहवा त कहिले बुटवलका अस्पतालमा धाउँदा धाउँदा उनी हैरान मात्र भएनन् धेरै खर्च समेत भयो ।
ठुलो छोरो साउदीमा छ । कमाई खासै राम्रो नहुँदा चार ÷पाच महिनामा एक पटक मात्रै पैसा पठाउँथे । घरमा नाति बिरामी भइ रहने छोराले पठाएको पैसा हातमा आएको केहि दिनमा सकिने हुदा उनी निकै दुःखी थिए । मनमा धेरै पिडा राखेर गाउँमै खोजेर नातीलाइ औषधि गर्न लिएर जान्थे ।
कहिले काहीँ खोजेको पैसाले औषधि उपचार गर्न पुग्दैन थियो । गत बर्षको कुरा हो नाति बिरामि भयो उनले भने –“मैले अलि कति पैसा खोजेर भैरहवा औषधि उपचार गर्ने लिएर गएँ । मैले खोजेर लगेको पैसाले पुगेन ।” गहभरी आसु बनाउदै उनले भने “डाक्टरले १ महिनालाई दिएको दबाइ पैसा नभएकोले किन्न सकिन एक हप्तालाई मात्र औषधि लिएर आएँ ।”
सामन्य लेखपढ् मात्र आउने उनले डाक्टरलाई सोधे –“डाक्टर साव ! के भएको हो, मेरो नातीलाइ यति धेरै बिराम परिरहन्छ ।” डाक्टर सावले भन्नुभयो–“तपाईको नातीलाइ टाइफाइड भएको छ ।” उनले फेरि प्रश्न गर्छन् “बिमार कसरी लाग्यो त ?” “यो बिमारी दुषित पानीका कारण लाग्छ ।” डाक्टरको भनाइ उदृरित गर्दै उनले भने । डाक्टरले सफा र शुद्ध पानी पिउनु सल्लाह दिएको उनी बताउँछन् । उनले डाक्टरलाई भने “चापाकलबाट आएको पानी पिउने हो अरु विकल्प छैन । चापाकलबाट कहिले हिला पानी आउँछ कहिले धमिलो आउछ ।” यसरी पिडा बताउँदा उनको अनुहार मलिन थियो ।
यो पिडा पोख्ने व्यक्ति हुन घुरही चमार । दुई छोरा र एक छोरीका बुवा रहेका चमार पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकाको वडा नम्बर ८ अडारे टोलको दलित बस्ती निवासी हुन् । उनी अहिले ५५ बर्षका भए उनको ठुलो छोराको बिवाहा भएको ५ बर्ष भयो र ४ बर्षको एउटा नाति छ ।
अडारे टोलमा बस्ने उनिको मात्रै होइन यो पिडा यो उनी जस्ता करिब ४ सय ५० जनाको पिडा हो । “जब बर्खा लाग्यो यस पछि पिरल्थियो हामीलाई । सफा पानी नहुँदा टोल नै बिरामी हुन्थ्यो । तर अहिले बर्खा लागे सफा र शुद्ध पानी खानलाई कुनै पनि चिन्ता छैन हामीलाई ।” अडारे टोलका स्थानीय बासी दुधनाथ हरिजनले भन्नु भयो । उहाँ भन्नू हुन्छ “ हामीले धेरै बर्ष सम्म साफा र शुद्ध पानी पिउन पाएनौं । बर्खा लागे पछि हिलो मिसिएको धमिलो पानी पिउन बाध्य थियौँ । अहिले त बर्खामा पनि सफा र शुद्ध पानी पिउन पाएका छौं ।” पहिले चापाकलमार्फत धमिलो पानी पिउ बाध्य अडारे टोलबासीहरु घर घरमा धारा जडान भै सफा पानी प्रयोग गर्न पाएपछि दंग छन् ।
२०७८ साल बैखाकमा कार्य सुभारम्भ भएको अडारे टोल खानिपानी तथा सरसफाइ आयोजना अहिले सम्पन्न भयो । करिब २८ लाखको लागतमा बनेको आयोजनामा इन्द्रेणी सामाजिक बिकास मञ्च र युनाइटेड मिसन टु नेपालको साझेदारीमा संचालित एकीकृत ग्रामीण समुदाय स्वास्थ्य परियोजना मार्फत १९ लाख र गाउँपालिकाको ९ लाख गरि कुल २८ लाखमा आयोजना सम्पन्न भएको हरिजनको भनाइ छ । उहाँ भन्नू हुन्छ “आयोजना तोकिए समयमा नै सम्पन्न भयो । अहिले हामी ५१ बटा घरधुरीमा बस्ने करिब ४ सय ५० जनाले सफा र शुद्ध पानी पिउन पाएका छौं ।”
अडारे टोलमा दलित बस्ती रहेको छ । यो टोलमा गत बर्षसम्म सफा र शुद्ध खानेपानी र शौचालयको निकै समस्य रहेको थियो । जसले गर्दा बर्खाको समयमा झाडापखाला, टाइफाइड, हैजालागायतका रोगहरुले महामारी नै हुने यो गाउँ अहिले खानेपानी र शौचालयको राम्रो प्रबन्ध भएको प्रतापपुर गाउपालिका प्रमुख उमेश चन्द्र यादवले बताउनु भयो । उहाँ भन्नु हुन्छ “हामि प्रतापपुर बासीका हरेक समस्यलाई प्राथमिकिकरण गरि क्रमश काम गरिरहेका छौं ।”
अडारे टोलमा रहेको दलित बस्तीमा रहेका अपाङ्गता र गरिव घरधुरीलाई प्राथमिकतामा राखेर काम गरिएको इन्द्रेणी सामाजिक बिकास मन्चका प्रमुख कार्यकारी निर्देशक बद्री सुबेदीले बताउनु भयो । उहाँ भन्नु हुन्छ–“ हामीले पालिकाको समन्वयमा नमुना बस्तीको रुपमा बिकास गर्ने सोचका साथ काम गरेका छाँै ।” जिल्ला समन्वय समितिका संयोजक भगौती प्रसाद यादवले इन्देणी सामाजिक बिकास मन्चले पश्चिम नवलपरासीमा रहेका सम्पुर्ण पालिकाहरुसङ्ग मिलेका गरिरहेको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले शुद्ध खानेपानी र शौचालयको सहि सदुपयोग गरि यसको दीगोपनामा ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।