गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्, अमेरिकामा २०२३-२०२५ कार्यकालका लागि चुनाबी सारगर्मी उत्कर्समा छ। डा अर्जुन बन्जाडेको नेतृत्वमा रहेको टिम अत्यन्त उत्साहका साथ् परिबर्तन र नबिन कार्यशैलीको वकालत गर्दै चुनाबी मोर्चामा अग्र स्थान मा देखिन्छ। अब चुनाबको मिति २ हप्ता मा मात्र सिमित हुदा सबैतिर उत्साह र खबरदारी पनि उत्तिकै बढेको छ।यसै क्रममा पछिल्लो ६ बर्ष देखिको चाप्टरको कुशल नेतृत्व गरेको अनुभव सहित मोहन न्यौपानेले पनि दक्षिण छेत्रमा छेत्रीय संयोजक पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। टेक्सास, मेरिल्याण्ड, भर्जिनिया, केन्टकी, जर्जिया, नोर्थ कारोलिना, फ्लोरिडा जस्ता १७ ओटा महत्वपुर्ण राज्यहरु अवस्थित यस छेत्र आफैमा निकै अर्थपूर्ण छ। गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको हकमा मोहन न्यौपाने चिरपरिचित अनुहार हो । वहाँ बिगत लामो समय देखि बिभिन्न जिम्मेवारीमा रही यस संस्थालाई सहयोग गर्दै आउनु भएको छ। अन्य धेरै संघसंस्थाहरुको माध्यमवाट पनि समाज सेवामा सक्रिय हुनुहुन्छ।
नेपालमा त्रिभुवन बिस्वबिद्यालय बाट अंग्रेजी साहित्य मा M.A., M. Phil गर्नु भएका मोहन न्यौपाने अमेरिकामा केनेसा राज्य बिस्वबिद्यालय, जर्जिया बाट सफ्टवेर एन्जिनीरिंग मा स्नातकोत्तर (MSSWE) पुरा गर्नु भएको छ। अमेरिकाको विभिन्न सरकारी तथा गैर-सरकारी छेत्रमा आइटी इन्जिनीयर को रुपमा काम गर्दै आउनु भएका वहाको चाप्टर प्रेसिडेन्टको कार्यकालमा गरेका महाबीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई ३०००० डलरको सहयोग जम्मा गर्न सफल, क्यान्सरपिडित हिरा सेन लाई गरेको सहयोग, विभिन्न कारणले अकाल मृत्युबरण गरेका नेपाली लाई सहयोग, ओहायोका धेरै कलेज तथा बिस्वबिद्यालय मा आइ अध्यनरत बिद्यार्थी भाई-बहिनीहरुलाई गरेको सहयोग अत्यन्त सराहनीय छन्। कोभीड को प्रबल महामारीका बेला उहाले ओहायोमा ब्यक्तिगत पहल मा घरघरमा गइ गरेको सहयोग र ५००० डलर सम्मको आर्थिक संकलन अहिले पनि त्यहाको नेपाली समुदायको मन मस्तिकमा ताजै छ।
वहाको त्यो आर्थिक एबम मानबिय सहयोग लाई सर्बत्र प्रसंशा भएको थियो। अमेरिकाका विभिन्न सहरहरु Houston Texas, Dallas Texas, Jacksonville Florida, New York, Ohio हुदै हाल नोर्थ कारोलिना मा बसोबास गर्नुहुने वहाँ छोटो समयमा अत्यन्त समजप्रिय एबम मिलनसार व्यक्तित्वको रुपमा आफुलाई चिनाईरहनु भएको छ । वहाले हाल खोजेको छेत्रीय संयोजक पद आफैमा सबैलाई मिलाएर लैजानु पर्ने अनि सामाजिक संघ संस्था लाई समेत हातेमालो गरेर जानु पर्ने दायित्व भएकोले मोहन न्यौपाने यो पदक लागि अत्यन्त लायक व्यक्ति हो। तसर्थ वहाँको उम्मेदवारी यस संस्थाको बृहत्तर हित,अनेकन बेमेलहरु बीच एकताको संवाहकता, पारदर्शी, समावेशी एवं विश्वसनीयता को खातिर रहने निश्चितप्राय छ।