प्रकाश न्यौपाने
श्रावण १, नवलपरासी
बर्दघाट नगरपालिकाको न्यायिक समितिमा हाल सम्मकै धेरै उजुरी परेको छ । गत आर्थिक बर्ष २०७९÷०८० मा १ सय ३९ वटा उजुरी परेका हुन् । न्यायिक समिति प्रति विश्वास बढदै गएपछि उजुरी दिनेको संख्या बढेको छ ।
न्ययिक समितिमा परेका उजुरी मध्ये ९० वटा उजुरी समाधान भैसकेका छन् । ४० वटा उजुरी प्रकृयामा रहेको र ९ वटा उजुरी जिल्ला अदालत परासीमा पुगेको नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक रुद्रप्रकाश उपाध्यायले बताउनु भयो ।
गत आर्थिक बर्षमा सबैभन्दा धेरै उजुरी जग्गा भोग सम्बन्धी ६८ वटा परेका छन् । दोश्रोमा लेनदेनका ३७ वटा उजुरी परेका छन् । पति पत्नी विवादका १९, बाटो तथा सार्वजनिक जग्गा १०, ज्याला मजदुरी ३, पालनपोषण का ३ वटा उजुरी परेका छन् ।
आ.व. २०७४/०७५ मा ७१ वटा, आ.व २०७५/०७६ मा ८० वटा, आ.व. २०७६/०७७ मा ३० वटा, आ.व. २०७७/०७८ मा ३१ वटा, २०७८/०७९ मा ३० वटा र २०७९/०८० मा १३? सय ३९ वटा उजुरी परेका छन् । जुन स्थानिय सरकार स्थापना भएदेखी हाल सम्मको तथ्याङ्क हेर्दा सबैभन्दा धेरै हो ।
अझै पनि सबै नागरिकलाई न्यायिक समितिमा उजुरी दिएर न्याय पाउन सकिन्छ भन्ने कुराको हेक्का नहुँदा अदालतमै पुग्ने गरेको पाईन्छ । विगतका बर्षको तुलनामा पछिल्ला बर्षहरुमा न्यायिक समितिमा उजुरी दिनेको संख्या बृद्धि हुँदै गएको तथ्याङ्कले देखाएको छ । यसो हुनुमा न्यायिक समितिले उजुरीको सहि रुपमा टुंगो लगाउने गरेको र नागरिक स्तर सम्म न्यायिक समितिले विभिन्न कार्यक्रम संचालन गरिनु मुख्य कारण रहेको न्यायिक समिति सदस्य मञ्जु चालिसेले बताउनु भयो ।
निवेदकले निवेदन दिएको आजको भोलि नै काम हुनुपर्छ भन्ने मानसिकता, न्यायिक समितिका क्षेत्राधिकार भन्दा बाहिरका निवेदन आउने, म्याद सुचना लगायत पत्राचारका लागि जनशक्ति अपुग, कतिपयले स्थानिय सरकार र न्यायिक समितिको अस्तित्व स्विकार गर्न नसक्नु जस्ता चुनौती रहेको न्यायिक शाखाका कर्मचारी नारायणदत्त घिमिरे बतानुहुन्छ ।
१६ वटा वडा रहेको बर्दघाट नगरपालिकामा ८७ जना मेलमिलापकर्ता सुचिकृत भएर काम गरिरहेका छन् ।
थप समाचार
दुर्गा प्रसाई पक्राउ
१ दिन अघि