प्रकाश न्यौपाने
साउन १२ गते
नवलपरासी । पश्चिम नवलपरासीको सुस्ताको नेपाली भुभाग गुगल म्यापले भारतमा देखाईदिदा सुस्ताबसीलाई बैंकले लगानी गरेको छैन् ।
सुस्ताको वडा नम्बर ३ का केही भुभाग,नारायणि पारीको सुस्ताका केही भाग र वडा नम्बर ४ को अधिकाङ्स भुभाग गुगल नक्सामा भारतको बिहारमा देखिएको भन्दै बैंकहरुले कर्जा प्रवाह गरेका छैनन। भुमी भारतमा देखिएकाले लागानी गर्न नसकिने जवाफ बैंकहरुले दिने गरेको सुस्ता १ का नारायण थारुको बताउनु भयो । थारु भन्नुहुन्छ -“नेपाली भुमि हो , राजस्व चल्छ , किनबेच चल्छ तर बैंकले कर्जा दिदैन यो भन्दा अन्याय के हुन सक्छ”
गुगल नक्सामा भारतमा देखाएको जमिनको राजश्व सुस्ता गाउपालिकाले बुझ्ने गरेको छ । जिल्ला मालपोत कार्यलय नवलपरासीले मार्फत किनबेच हुदा रजिस्टेशन गर्ने काम भने भईरहेको छ । तर कर्जा प्रवाहका क्रममा गर्नुपर्ने धितो मुल्याङ्कन गर्न स्थानिय तहका कर्मचारीहरु जान मान्दैनन् भने बंैकहरुलाई पनि माथिल्लो तह बाट कर्जा प्रवाह नगर्नु भन्ने निर्देशन भएको बैंकहरुको घुमाउरो जवाफ रहेको छ।
राज्यबाट आएको अनुदान वा सहुलियत पुर्ण ॠण केही सिमित ब्यक्तिहरुको ब्यवसाय हेरेर लगानी गरिएपनी भुमी गुगल म्यापमा देखाउदा कर्जा प्रवाह गर्न समस्या भने देखिएको एनएमबी बैंक सुस्ता शाखाका ॠण अधिकृत रामानन्द साहु बताउनु हुन्छ ।
पिडित स्थानियहरुले पटक पटक यस विषयमा बैंकिङ नियमावली संसोधन गर्नु पर्ने,सिमा क्षेत्रबाट तीन किलोमीटर सम्ममा उधोगी ब्यवसायिलाई कर्जा प्रवाहको बातावरण मिलाईदिनु पर्ने माग सहित प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउदै आएका छन ।तर हाल सम्म पनि सुस्ताबासिको मागको सुनुवाई भएको छैन।बैंक तथा बित्तीय सस्थाहरुले धितो मुल्यांकन गरि कर्जा प्रवाह नगरिदिदा सुस्ताबासी साहु महाजन र मिटरब्याजि साहुहरु सग जान बाध्य छन।मिटर ब्याजका कारण कयौ घरबार बिहिन समेत बनेका छन ।
बैंकले ऋण नदिदा कृषि र अन्य ब्यवसाय गर्ने किसान,ब्यवसायी निकै मर्कामा परेकाले सरकारले दिर्घकालिन रुपमा सम्स्या समाधान गरी सुस्ताबासिलाई राहत दिनुपर्ने बताउनु हुन्छ सुस्ताका समाजसेवी रबिन्द्र जैसवाल । जैसवाल भन्नुहुन्छ -“एक त भुमी भारतमा देखिएको छ अर्को ऋण देखि सिमा बिवाद सारा समस्या सुस्तामा छ राज्यले निकै पिडित बनायो ।”
सुस्तामा सामान्य जिविकोपार्जन गर्दै आएका नागरिकहरुको पहुँचमा अझै पनि बैंक तथा बित्तिय सस्थाहरु पुग्न सकेका छैनन । कर्जा प्रवाह नहुदा कुनै ब्यवसाय गरेर जिवनस्तर उकास्न मात्रै उच्च शिक्षा हासिल गर्न चाहाने बिद्यार्थीहरु समेत ॠण नपाउदा अध्ययनलाई निरन्तरता दिन नसकेको स्थानियको गुनासो छ ।
सुस्ता गाउपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बैंकहरु लगानी नगरेको बताउनु भयो । उहाँ भन्नु हुन्छ-” नेपाली भुमिलाई गुगल म्यापमा भारतमा देखाएको कारणले बैकले लगानी नगर्नु दु:खद हो । हामिले बैकहरुसङ्ग निरन्तर छलफलमा छौँ । यो समस्या समाधानका लागि पहल गरेका छौं ।”
सिमा बिवाद,अतिक्रमण बाट सधै सास्ती खेपेका सुस्ताबासीलाई यो समस्याले थप पीडा दिएको छ।कुटनैतिकरुपमा पहल भै फिल्ड प्रमाणिकरण हुनु पर्ने र गुगल म्याप सच्याउनुपर्ने सुस्ताबासिको माग रहेको छ।