रुपन्देहीकी एक्लि महिला वडाध्यक्ष मिना : जसले कार्यालयको ढोकामै बसेर वडाबासीको सेवा गर्छिन 

प्रकाशित मिति:

दिपक न्यौपाने । बुटवल-बेलबास रुपन्देही बदेलपोखरीका ३६ बर्षीय रामप्रसाद पन्त गैडहवा ९ मा रहेको आफ्नो जग्गाको चौकिल्ला बनाउन बुधबार वडा कार्यालय छिर्छन । महेन्द्र माबीको बिधालय नजिकै बनेको नबनिर्मित वडा कार्यालयमा छिर्ने बित्तिकै एक महिलालाइ आफ्नै ढङगले काम गरिरहेको देख्छन । चौकिल्ला बनाउन आएको भन्दै पन्तले प्रश्न गरिरहदा उनले सहजीकरण गरिरहन्छिन ।
सामान्य पोशाकमा सजिएकी उनलाइ कार्यालय सहयोगी भन्ठानेका पन्तले धन्यबाद दिदै वडा सचिबको कोठामा छिर्छन । सबै प्रक्रिया सकेपछी वडाअध्यक्षको कोठामा कोही नदेख्दा फेरी उनैलाइ सोध्छन – खै वडा अध्यक्ष रु मुसुस्क हास्दै उनले भन्छिन – मै हु वडाअध्यक्ष , प्रक्रिया पुरा गर्नुभयो , ल्याउनुस म शाइन गर्दिन्छु । ” यती भनिसक्दा उनलाइ गैडहवा वार्ड नम्बर ९ का वडा अध्यक्ष मिना थापा क्षेत्रीको कार्यशैलीले असाध्यै मन जितेछ । नभन्दै पन्तले ह्दयदेखी धन्यबाद ब्यक्त गर्दै काम सकेर मालपोत जानुछ भन्दै आफ्नो बाटो लाग्छन । यो दृश्यले रुपन्देहीमा रहेका १५५ वडामध्येकी एक्लि महिला वडाअध्यक्षले पनी कति सहज र सरल ढङगले जनताको सेवा गरिरहेकी छिन भन्ने प्रस्ट देखिन्थ्यो ।

हुन पनी थापाले सामान्य ढङगले सेवाग्राहीको मन मात्र जितिरहेकी छैनन प्रभाबशाली ढङगले काम गरिरहेकी छिन् । २०७४ सालको स्थानीय चुनाबमा पनी वडा सदस्य जित्दै कार्यापालीका सदस्य बनेकी उनले ७८ मा आफ्ना निकटतम प्रतीद्धन्द्धिलाइ ९६ मतको झिनो अन्तरले पराजीत गर्दै रुपन्देहीकी एक्लि महिला वडा अध्यक्ष बन्न सफल भइन । झट्ट हेर्दा सेवाग्राहीहरुले शुरुमै पुरुष नै वडा अध्यक्ष हुन्छ भन्ने मान्यता राख्ने रहेछन तर महिलालाइ अझै पनी पत्याउने गरेको पाइएन , वडाको काममै खटिएकी थापाले भनिन – मैले वडा हाकेको १ बर्ष भैसक्यो , म नितान्त जनताको सेवा गर्न आएकी हु । वडाको समग्र बिकासमा यसैगरी लागीरहेकी छु । ”
थापाले गाउपालीकादेखी प्रदेश र केन्द्रसम्म वडाको बिकासका लागी समन्वय गरिरहेकी छिन । म बिहान छोराछोरी र सासुससुरालाइ खाना पकाएर , खाना खुवाएर परिवारको जिम्मेबारी पुरा गरेर कार्यालय आउछु, मिनाले अगाडी भन्दै गइन – एउटा महिलालाइ घरको जिम्मेबारी हाक्न त गाहो हुन्छ भने समग्र वडाको जिम्मेबारी सम्हाल्न त्यती सजिलो कहा होला र रु त्यै पनी हालसम्म सरल र सहज ढङगले सेवा गरीरहेकी छु । म यसैगरी आफ्नो कार्याकालभर जनतालाइ बास्तबीक जनप्रतीनिधीको महशुस हुने गरी सेवा दिने प्रयत्न गरिरहन्छु । ” श्रीमान बैदेशीक रोजगारमा रेहेका उनको परिवारमा साथ सपोर्ट भने पाइरहन्छिन । वडाको कृषी , शिक्षा र स्वास्थ्य क्षेत्रमा अझै धेरै प्रभाबशाली ढङगले सबैसग समन्वय गरेर काम गर्ने थापा बताउछिन ।