एक्सपोर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको २० औ वार्षिकोत्सवको अवसरमा विशेष रक्तदान

प्रकाशित मिति:

बुटवल,  साउन । बैदेशिक अध्ययनमा जानेहरुका लागि परामर्शदाताका रुपमा काम गर्दै आएको एक्सपोर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको २० औ वार्षिकोत्सवको अवसरमा विशेष रक्तदान कार्यक्रम गरिएको छ । अमेरीका, युरोप, अष्ट्रेलिया, क्यानडा लगाएतका देशमा अध्ययनमा जाने युवा बिद्यार्थीहरुलाई परामर्शको सेवा दिंदै आएको एक्स्पर्टले सामाजिक उत्तरदायित्व अन्तर्गत बुटवलस्थित चौराहा शाखामा रक्तदान कार्यक्रम गरेको हो ।  नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोग तथा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको सहकार्यमा भएको कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । कार्यक्रमको एक समारोहका बीच नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले एक्सपर्ट नेपाल भिसा सर्भिसेज प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन कंडेललाई ब्लड ब्याग हस्तान्तरण गरी उदघाटन गरेका थिए ।

सो अवसरमा बोल्दै समाजका अध्यक्ष चौहानले रगत अभावलाई रोक्न ब्यावसायिक संघसस्थाहरुसंगको समन्वय र सहकार्य महत्वपूर्ण हुने बताए । सबैजसो कर्पोरेट हाउसहरु कर्पोरेट सोसिल रेस्पोसबिलिटि अन्तर्गत रक्तदान कार्यक्रमलाई प्राथमिकता दिनसके यसबाट रगत संकलनमा बढावा मिल्ने बताए । रगत अभावमा छटपटिएका बिरामीहरुलाई रगत उपलब्ध गराउने काम सबैभन्दा पुण्य काम भएको भन्दै यसमा सबैको साथ जरुरी रहेको उल्लेख गर्दै चौहानले रक्तदान अभियानमा नयाँ प्रविधि भित्र्याउन जरुरी रहेको बताए ।कार्यक्रममा शाखा प्रमुख कंडेलले बार्षिक उत्सवका अवसरमा एक्सपर्टले बिश्वभर रहेका आफ्ना सबै शाखाहरुमा बिभिन्न कार्यक्रम गरिएको बताए । बुटवल शाखामा रक्तदान कार्यक्रमको आयोजना गरिएको उल्लेख गर्दै प्रमुख कंडेलले सामाजिक उत्तरदायित्व अन्तर्गत खेलकुद, वृद्धाश्रम लगायतमा सहयोग गर्दै आएको जानकारी गराए । एक्सपर्टमार्फत अष्ट्रेलिया, अमेरिका, क्यानाडा, युके अध्ययनमा जाने युवाहरुलाई परामर्शदाता दिने मात्र नभई राज्यको लागि योगदान दिने गरी काम गर्दै आएको उनले दावी गरेका छन् । बिश्वभर ४१ देशमा शाखा रहेको एक्स्पर्टको बुटवल शाखामा मात्र ४२ जनाले रोजगारी पाएका छन् ।