त्रिभुवन क्याम्पस र विद्यालयले विद्यार्थी पढ्न पाएनन्

प्रकाशित मिति:

गाउँपालिका भन्छ- “विद्यालयको भवन हो । क्याम्पसको अन्यत्र व्यवस्थापन नहुदासम्मका लागी बिहान सत्र कक्षा संचालन गर्ने दिने ।”


क्याम्पस भन्छ – “विद्यालयसङ्ग कक्षाकोठा छन । क्याम्पसको क्युएए र स्नातकोत्तर तह असफल बनाउने रणनीति हो ।”


प्रकाश न्यौपाने

साउन २३, नवलपरासी


पश्चिम नवलपरासीको प्रतापपुरमा रहेका त्रिभुवन क्याम्पस र त्रिभुवन माध्यामिक विद्यालय बीच विवाद बढेको छ । प्रतापपुर गाउपालिकाले कक्षा ११ र १२ लाई दिउसोमा सञ्चालन गर्ने निर्णय कार्यन्वयन गर्ने तयारी गरिरहदा त्रिभुवन माबीलाई ८ वटा कक्षाकोठाको आवस्यकता परेको प्राध्यानाध्यापक नारद ठाकुरले बताउनु भयो । उहाँ भन्नुहुन्छ-” हामी कक्षाकोठाको अभावमा  ११ र १२ को कक्षा सञ्चालन गर्न सकेका छैनौ । दिउसोमा क्याम्पसका कक्षा कोठा खाली छन खाली भएका कक्षाकोठामा ११ र १२ को कक्षा सञ्चालन गर्ने माग गरेका छौ अहिले सम्म पाएनौं । “
विद्यालयले कक्षा कोठा नपाएको भन्दै कक्षा व्यवस्थापनका लागी गाउपालिकालाई गुहारेपछि गाउपालिकाले क्याम्पसका कक्षाकोठा दिउसोमा खाली भएको र तिनै कक्षाकोठामा कक्षा सन्चालन गर्ने तयारी गरिएको गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताउनु भयो । उहाँ भन्नुहुन्छ-” कोहि कसैले पनि विद्यार्थीको भबिस्यमाथी खेलवाड गर्न पाइने छैन । कसैले यो वा त्यो नाममा त्यस्तो गर्छ भने पालिकाले कठोर कदम उठाउन समेत पछि पर्दैन ।”
त्रिभुवन क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमुल कुमार पाण्डेले क्युएएका कारण क्याम्पसका कक्षा कोठामा ११ र १२ को कक्षा संचालक गर्ने दिन नसकिने बताउनु भयो । उहाँ भन्नुहुन्छ -” विद्यालयमा कक्षा सञ्चालन गर्न आवश्यक भवन तथा कक्षाकोठा हुँदाहँुदै पनि क्युएए प्रक्रिया र स्नाकोत्तर डिग्रीलाई प्रभाबित पारी असफल बनाउने रणनीतिका साथ अनावश्यक रुपमा कक्षाकोठाको माग गरिएको छ ।”
क्याम्पसले कक्षा कोठा नदिने र पालिकाले जसरी पनि त्यही कक्षा संचालन गर्ने बताइरहदा क्याम्पस र विद्यालय बीच विवाद बढेको छ । यता विवाद बढेको देखेपछि  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले क्याम्पसमा अप्रिय घटना घटे आफूहरु जिम्मेवार नहुने चेतावनी दिएको छ । त्रिभुवन माविले कक्षा ११ र १२ को कक्षाहरु सञ्चालन गर्न क्याम्पसको भवन जबरजस्ति प्रयोग गर्ने प्रयास गर्दा अप्रिय घटना घट्न सक्ने र त्यसको जिम्मेवार आफूहरु नहुने जनाएको हो ।
आज (मंगलबार) स्ववियुले एक विज्ञप्ति जारी गरी त्रिभुवन नमुना माविले क्याम्पस प्रशासनसँग कक्षा कोठा माग गरेको तर क्याम्पसले प्राप्त गरेको एलओआई को शर्त अनुसार क्युएए प्राप्त नहुँदासम्म प्रयोग गर्न नमिल्ने जनाएको छ ।
उता प्रतापपुर गाउँपालिकाले भने उक्त क्याम्पस सञ्चालन भइरहेको भवन त्रिभुवन मावि बेलाटारीकै स्वामित्वमा रहेको जग्गामा रहेको हँुदा विद्यालयलाई आवश्यक कक्षा कोठा प्रयोग गर्ने निणर्य गरेको छ ।
सोमबार गाउँपालिकाको कार्यपालिका वैठकले उक्त भवन भारतिय दुतावासबाट हस्तान्तरण भएको र विद्यालयको जग्गामा बनाइएको हुँदा क्याम्पसको अन्यत्र भवन व्यवस्थापन नहँदा सम्मका लागि क्याम्पसलाई विहानी कक्षा सञ्चालन गर्न दिइने निर्णय गरेको छ । गाउँपालिकाले त्रिभुवन मावि र माविको सम्पुर्ण सम्पति गाउँपालिका मातहत आइसकेकाले सोको व्यवस्थापन समेत स्थानिय तहले गर्ने हुँदा क्याम्पसलाई नै अन्यत्र भवन व्यवस्थापन नहुँदा सम्मका लागि मात्र विहानी कक्षा सञ्चालन स्वीकृति दिइने निर्णय गरेको हो ।
गाउँपालिकाले त्यसरी विद्यालयले कक्षा ११ र १२ को कक्षा सञ्चालन गर्दा क्युएए प्रक्रियामा कुनै असर नपर्ने र क्युएए र स्नाकोत्तर डिग्री थपको विषयमा कुनै पनि सम्बन्ध नरहेको दावि गरेको छ । जसका लागि प्रतापपुर गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष जयकिशुन चौधरी र कार्यपालिका सदस्य खेमनारायण चौधरीलाई सहजीकरणको जिम्मा लगाइएको छ ।
गाउँ कार्यपालिकाको निर्णयको जानकारी पाएपछि स्ववियुले विज्ञप्ति जारी गरेको थियो । केहीदिन अघि त्रिभुवन माविले आयोजना गरेको अभिभावक दिवसमा कक्षा ११ र १२ दिउसोमा सञ्चालन गर्नुपर्ने भएकाले हाल विद्यालयमा रहेको कक्षा कोठा अपुग भएको र त्रिभुवन क्याम्पसले कक्षाकोठा प्रयोग गर्न नदिएको गुनासो गरिएको थियो ।