एनआरएनए आइसिसि महासचिवमा बुद्धी सुवेदीको उम्मेद्धवारी घोषणा

प्रकाशित मिति:

अमेरीका – गैरआवासीय नेपाली संघको आगामी निर्वाचनमा अमेरीका निवासी बुद्धी सागर सुबेदीले महासचिव पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । गैरआवासिय नेपाली संघ अमेरीकाका निवर्तमान अध्यक्ष समेत रहनु भएका सुबेदीले आधारीक रुपमा शनिबार बेलुका उमेद्धवारी घोषणा गर्ने कार्यक्रम रहेको छ । सुबेदीले गैरआवासीय नेपाली संघ अमेरीकाको अध्यक्ष हुँदा विश्वभरका एनसिसीहरुलाई नेतृत्व दिनुभएको थियो । उहाँकै कार्यकालमा गैरआवासीय नेपाली संघ अमेरीकाको भवन खरिद लगाएतका महत्वपुर्ण कामहरु भएका छन् । कोभिडको समयमा अमेरिकी सरकारबाट कोभिडका सामाग्री नेपाल पठाउन सक्रिय भुमिका खेलेका सुबेदीले सल्यान जिल्लामा प्रसुति गृह निर्माणमा समेत सक्रिय भुमिका निभाउनुभएको थियो । दुई बर्षे कार्यकालमा विभिन्न राष्ट्रिय तथा क्षेत्रिय सम्मेलनमा भाग लिई विभिन्न क्षेत्रमा आफ्नो परिचय स्थापित गरिसक्नुभएको कारण पनि सुबेदीले महासचिब पदमा आकांक्षा गर्नु भएको हो ।

खासगरि एनसिसीहरुको अधिकार र एनसीसीहरुको स्वायत्तताका विषयमा आबाज उठाउदै आउनुभएका सुबेदीले संस्था सुधार सहित गैरआवासिय नेपाली संघलाई बलियो बनाउन उमेद्धवारी रहेको बताउनु भयो । एनसिसीहरु नै संस्थाको आधार भएका कारण आइसिसीका हस्तक्षेपकारी विधानका प्रावधानलाई परिवर्तन गर्न आफनो महासचिब पदमा उमेद्धवारी रहेको सुवेदीले बताउनु भयो ।उहाँले महासचिब पदमा बर्ष २०२३-२०२५ मा अमुल्य मत दिई बिजयी गराई दिन सम्पुर्ण गैरआवासिय नेपाली संघमा आबद्ध नेपाली दाजुभाई,दिदीबहिनी तथा आमाबुवाहरुमा आग्रह समेत गर्नु भएको छ ।