सेवाग्राहीसङ्ग गैर कानुनी रूपमा रकम लिदै वडा कार्यालय

प्रकाशित मिति:

प्रकाश न्यौपाने

साउन २८

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ९ र ८ ले गैर कानुनी रुपमा सेवाग्राहीसङ्ग रकम लिएको छ । पुर्व निर्मित घर तथा भवनको अभिलेकरण गर्नका लागी निवेदन लिने क्रममामा वडा नम्बर ८ र ९ ले प्रती निवेदन दस्तुर बापत ३ सय १० रुपैया लिएको हो । बर्दघाट नगरपालिकामा घर तथा भवनको अभिलेखिकरणको निवेदन वडा बाट संकलन गर्ने क्रममा वडा नम्बर ८ र ९ ले निवेदन दस्तुर र अन्य शुल्क बापत शुल्क लिएको हो । वडा ९ का वडा अध्यक्ष चन्द्रकान्त चापागाईंले सेवाग्राहीबाट पैसा लिएको बताउदै वडा सचिबले गल्ती गरेको बताउनु भयो ।

बर्दघाट नगरका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले अभिलेखिकरणको निवेदन लिदा शुल्क लिने निर्णय नभएको बताउनु भयो । उहाँ भन्नुहुन्छ -” निवेदन लिदा वडा कार्यलयले राजस्व लिन मिल्दैन । गैर कानुनी हो । नबुझे राजस्व शाखासङ्ग परामर्श लिनु पर्थ्यो । ”

बर्दघाट नगरपालिका वडा नम्बर ८ र ९ कि वडा सचिब हिमा कुमारी बनले निवेदन लिदा राजस्व लिएको बताउनु भयो । उहाँ भन्नुहुन्छ -” निवेदनको शुल्क लिदा गल्ती भएको बताउदै पछि वडाले दिने सिफारिसबाट मिलान गरेर मिलाउछौ ।” १० रुपैया निवेदन दस्तुर र ३ सय रुपैया अन्य दस्तुर गरि ३ सय १० रुपैयाका दरले वडा नम्बर ०९ का ९६ र ८ का १६ जना सेवाग्राहीसङ्ग रकम लिएको छ ।

पुर्व निर्मित घर तथा भवनको अभिलेखिकरण गर्नका लागी नगरले साउन ७ गते देखी भदौ ९ गतेसम्म वडा कार्यलयहरुबाट संकलन गरिने नगरले जनाएको छ ।