भदौ ४,
नवलपरासी
बर्दघाट नगरपालिका ९ मा रहेको राजा महात्मा पुर्ण भद्र माध्यामिक विद्यालयको प्रशासन तथा लेखामा लागेको ताला तोडिएको छ । सर्बदलिय प्रतिनिधिको रोहवरमा नगरपालिकाका सामाजिक विकास समिति संयोजक भिमकाजी गुरुङ्गले ताला तोड्नु भएको हो ।
अभिभावकहरुले विद्यालयमा शिक्षक अभिभावक संघ गठन हुनुपर्ने, हरहिसाव सार्वजनिक गरिनुपर्ने लगायतका माग राखेर केही अभिभावहरुले आईतबार विद्यालयको प्रधानाध्यापकको कार्यकक्ष र लेखा शाखामा ताला लगाएका थिए ।
विद्यालयको प्रशासनमा तालाबन्दि भएपछि सोमबार विद्यालयमै सर्बदलिय प्रतिनिधि, जनप्रतिनिधि, विद्यालय ब्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक प्रतिनिधि लगायत सहभागी बैठकले तत्काल ताला खोल्ने निर्णय गरेको थियो । विद्यालय शान्ति क्षेत्र भएकोले कानुन विपरितका कुनैपनि कृयाकलाप गर्न नहुने र आगामि दिनमा हुन पनि नदिन सबै सचेत हुनुपर्ने बैठकका सहभागिहरुको धारणा रहेको थियो ।
बैठकले १५ दिन भित्रमा अभिभावक भेला बोलाई १५ दिन भित्रमा शिक्षक अभिभावक संघ गठन गर्ने र २० दिन भित्रमा सामाजीक लेखापरिक्षण गर्ने निर्णय गरेको छ ।
सर्वदलीय छलफलमा भने ताला लगाउने अभिभावकहरु उपस्थित हुनु भएको थिएन । आइतबार अभिभावकहरुले प्रध्यानाध्यापकको राजीनामा माग, शिक्षक अभिभावक संघको गठनलगायतका माग राखी विद्यालयमा ताला लागाइएको थियो ।