पूर्वमन्त्रीहरू गच्छदार, जोशी र साहसँग सीआईबीको बयान

प्रकाशित मिति:

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा नेपाल कांग्रेसका नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र पूर्वराज्यमन्त्री सञ्जय साहसँग बयान लिएको छ ।

पक्राउ पुर्जी जारी भएका तीनै जनालाई सीआईबीले हिजो साँझ छुट्टाछुट्टै बयान लिएको हो ।बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको भन्दै सीआईबीले पूर्वमन्त्रीहरू गच्छदार, जोशी, डम्बर श्रेष्ठ तथा राज्यमन्त्री साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।सीआईबी स्रोतकाअनुसार गच्छदार, जोशी र साहसँग बयान लिए पनि श्रेष्ठ भने फरार रहेका छन् ।