अठाइस बर्ष देखी राजनीतिक भाग बण्डाको तदर्थ समितीको नेतृत्वमा खानेपानी, सस्था दर्ता र लेखा परिक्षण कहिले होला ?
प्रकाशित मिति:
प्रकाश न्यौपाने
भदौ १६ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको एउटा खानेपानी २८ बर्ष देखि निरन्तर एउटै व्यक्ति र एउटै टिमले संस्थाको नेतृत्व गरीरहेको छ भन्ने सुन्दा तपाइलाई अचम्म लाग्ला तर अचम्म मान्नु पर्ने केही छैन । अठाइस बर्ष सम्म निरन्तर नेतृत्व गर्ने मात्र होइन अहिलेसम्म न त संस्था दर्ता छ । न त अहिलेसम्म लेखा परिक्षण नै भएको छ ।
लेखा परिक्षणको बिषय मात्र हैन अहिले पनि त्यस संस्थामा तपाईले कुनै रेकर्ड माग्न जानु भयो भने प्लाप्टीकका पोका र कापीका पानाहरु पल्टाएर अधुरा र अपुरा रेकर्डहरु देख्न पाउनु हुन्छ । यसरी चलेको संस्था बर्दघाट १३ धनेवामा रहेको जहदा मनहरी खानेपानी सरसफाइ उपभोक्त सस्था हो । स्थानियलाई शुद्ध र गुणस्तरीय खानेपानी वितरण गर्नका लागि २०५२ सालमा देखि काम भइरहेको छ ।
दलिय भाग भण्डामा बनाईएको उक्त समितिको नेतृत्व गर्न तात्कालिन समयमा नेकपा एमालेलाई अध्यक्ष र केही सदस्य, नेपाली काङ्ग्रेसलाइ उपाध्यक्ष, कोषाध्यक्ष र केहि सदस्य दिएर अन्य पदहरु समेत भागबण्डामा गरी बनाइएको तदर्थ समिति बनेको अध्यक्ष निमानन्द न्यौपानेले बताउनु भएको छ । उहाँ भन्नुहुन्छ “ एमालेलाई परेको कोटावाट म अध्यक्ष भए भने नेपाली काङ्ग्रेसको कोटाबाट उपाध्यक्षमा तोलाकान्त चापागाई पर्नु भएको हो । पछि माओवादीको कोटाबाट सचिबमा डि.बि. थापा पर्नु भएको हो । कोषाध्यक्षमा नेपालि काङ्ग्रेसबाट मेनुका आचार्य र सह–सचिब पुष्पा पौडेल हुनुहुन्छ त्यही समितिले नै अहिले सम्म काम गरीरहेका छौं । ”
सस्थाको लामो समय सम्म दर्ता भएको छैन । दर्ताको लागी समितीले २०७० सालमा दर्ता गर्न भनी बिधान बनाए पनि अहिले सम्म दर्ता भएको छैन । सस्था अहिले सम्म दर्ता नभएको स्वीकार्दै अध्यक्ष न्यौपानेले सस्था दर्ता गर्ने फाइल पेस गरेको बताउनु भयो । उहाँ भन्नुहुन्छ -” हामीले डिभिजन कार्यालयमा पेस गरेको फाइल परासीमा आएको बाढीले हामीले पेस गरेका कागजात पुरै नष्ट भएको खबर पायौं ।” परासीमा बाढी आएको करिब ३ बर्ष बित्दा समेत समितिले फेरि सस्था दर्ताका लागी कुनै पनि पहल गरेको छैन ।
करोडौंको आर्थिक कारोवार गरेको जहदा मनरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले २०७८ चैत्र १३ गतेबाट आफ्ना उपभोक्ताहरुलाई खानेपानी वितरण शुरु गरेको छ । खानेपानी वितरणका लागि आवश्यक पर्ने डिप बोरिङ्ग धसाउदा शुरुमा उपभोक्तहरुबाट जनही १ हजार रुपैयाका दरले रसिद काटेर पैसा उठाइएको थियो । तर कार्यालयमा भने त्यसको पुरा विवरण भेटिदैन । भेटिएका ठेली र कापिका पानामा भएको हिसाब छ । जुन स्पष्ट हिसाब लेखाको सिस्टम अनुसार हिसाब देखिदैन । अध्यक्ष न्यौपानेले हिसाब नगदी रसिदको ठेली र कापीमा रहेको बताइ रहदा सचिब डि.बि. थापाले भने हिसाब चुस्त दुरुस्त रहेको बताउनु भयो । थापा भन्नुहुन्छ “ हामीले राखेका सबै हिसाब किताब चुस्त दुरुस्त छ पत्रकार साथीहरुलाई शंखा लागे कार्यालयमा आएर हेर्ने सक्नुहुन्छ । ” सचिब थापाले चुस्त दुरुस्त हिसाब छ भने पनि सस्थामा रहेको लेखा बिधि अनुसारको हिसाब छैन ।
सस्था दर्ताको बिषयमा बोल्दै सचिब थापाले सस्था दर्ताका बिषयमा आफुहरु लागि परेको बताउनु भयो । सचिब थापाले सस्था दर्ताका लागी परेको बताए पनि सस्था दर्ताका लागी ३ बर्ष देखी कुनै पनि फाइल पेस गरेको छैन । अध्यक्ष न्यौपानेका अनुसार अबका केहि दिन भित्र सस्था दर्ताको थप प्रक्रियामा जाने बताउनु भयो । उहाँ भन्नुहुन्छ -” परासीको डिभिजनमा फाइल पेस गरेपछि फाइल नष्ट भयो भन्ने जानकारी पायौ त्यसपछि केहिले के कहिले के गर्दा गर्दै अहिलेसम्म सस्था दर्ताको लागि फेरि फाइल पेस गरेका छौनौ ।”
जहदा मनहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति बर्दघाट–१३, धनेवाले अहिले २ वटा बोरिङ्ग ( ६ सय ५० फूट र ४ सय ९५ फूट गहिरो ) बाट ४५ कि.मि. क्षेत्रमा पाईप विस्तारगरी ५ सय ५८ वटा पानीका धाराहरु वितरण गरेको छ । २ लाख २५ हजार लिटर क्षमताको खानेपानी टंकी निमार्ण भएको छ ।