सुरु भयो माओवादीको ‘विशेष रुपान्तरण अभियान’, अध्यक्ष दाहालले गरे भर्चुअल उद्घाटन

प्रकाशित मिति:

काठमाडौं, भदौ- सत्तारुढ दल नेकपा माओवादी केन्द्रको तीन महिनो अभियान ‘जनतासँग माओवादी स् विशेष रुपान्तरण अभियान’ आज बाट सुरु भएको छ।पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी मुख्यालय पेरिसडाँडामा एक कार्यक्रमबीच भर्चुअल माध्यमबाट उद्घाटन गरेसँगै देशभरका सबै वडामा रुपान्तरण अभियान सुरु भएको छ।अभियानको भर्चुअल उद्घाटन भएपनि औपचारिक कार्यक्रम भने दिउँसो १ बजे हुने माओवादीले जनाएको छ।पार्टीलाई जनतासँग जोड्ने उद्देश्यसहित माओवादीले तीन महिने अभियान चलाएको हो। मुलुकमा राजनीतिक परिवर्तन र रुपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको देशको प्रमुख शक्तिमध्ये एक माओवादी केन्द्रले यस अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखेको छ ।

साउन तेस्रो साता बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पु¥याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।यो अभियानअन्तर्गत पार्टीका सबै शीर्ष नेताहरू समेत वडावडामा पुग्ने कार्यक्रम तय भएको छ। यसक्रममा प्रधानमन्त्री समेत रहेका प्रचण्ड चन्द्रागिरि नगरपालिका–२ घट्टेडाँडाको कार्यक्रममा जाने छन्। वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका–२८ हरिसिद्धीको कार्यक्रममा सहभागी हुनेछन्।अभियानअन्तर्गत पार्टी अध्यक्ष दाहालले नेतृत्व गरेको सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा गरिएको सुधारलगायत जनपक्षीय कामको प्रचारप्रसार गरिने छ भने पार्टीभित्रको समस्या तथा अन्तरविरोधको पहिचान गर्ने, माओवादी नेता तथा कार्यकर्ता जनतासँग नपुग्नेलगायत गुनासाको प्रभावकारी समाधान खोजिने बताइएको छ।