सुरेश छन्त्याल-गलकोट-गलकोट नगरपालिका ११ रिघामा रिघाको ठुलो चौर देखी साउनेखोला सम्म मोटर बाटो मर्मत अलपत्र परेको छ ।
मल्म, रिघा, सिसाखानी, जलजला, रण्सिङकिटेनी हुदै ढोरपाटन जोड्ने मध्य वैकल्पिक लोकमार्ग बाटो नेपाल सरकार र सडक बिभागको आयोजनामा सुरुवाट गरेको रिघाको ठुलो चौर देखी साउनेखोला सम्म मोटर बाटो स्तरोन्नति दोरपाटन निर्माण सेवाले आ।व। ०७१र९र७२ मा निर्माण्को जिम्मा लिएको थियो ।
रिघाको ठुलो चौर देखी साउनेखोला सम्म मोटर बाटो स्तरोन्नति भनेर सुरूवाट गरेको पनी करिव ७र८ वर्ष भईसक्यो तर हालसम्म पनि अलपत्र नै रहेको स्थानीय सोम श्रीसले जानकारी गराउनु भयो । यसैविच हामी सम्बन्धित पक्षसंग जानकारी लिएका छौ ।गलकोट नगरपालिका ११ रिघाका वडा अध्यक्ष डम्मर श्रीसले सडक कार्यालायमा पुगि पटक पटक सुनाइ गर्दापनि नभएको भन्दै अब पुनः कार्यालयमै पुगि ध्यानआर्कषण गराउने बताउनु । त्यस्तै सोहि बाटो मर्मतको जिम्मा लिइएका दोरपाटन निर्माण सेवाका मेन ठेक्ठार सुरेन्द्र वुडाले बजेटको कारणले अलपत्र गरेको र कार्यालयमा धेरैपटक हारगुहार गर्दा पनि कार्यालयमा सुनाइ नभएको भन्दै मर्नुन बाच्न बनाएको बताउनुहुन्छ । यता सडक विभाग बाग्लुङमा सम्पर्क गर्दा सडक विभागमा दुइ वर्षयता कुनै सम्झौता नभएको बताउनुभयो ।