गैडहवामा सभ्य समाजको निर्माणका लागि लागुऔषध दुर्ब्यसनी बिरुद्ध र्याली

प्रकाशित मिति:

कञ्चन- रुपन्देहीको गैडहवामा सभ्य समाजको निर्माण, परिवर्तन म बाट र आजैबाट शुरुवात भन्ने नारा सहित लागुऔषध दुर्ब्यसनी बिरुद्ध शनिवार जनचेतना र्याली सहित अन्तरकृया कार्यक्रम गरिएको छ। गैडहवा वडा नं ९ को हात्ती बजार, नयाँ गाउँ, आश्रित पथ लगायत गाउहरुमा लागुऔषध दुर्ब्यसनी बिरुद्ध सभ्य समाज निर्माणका लागि लागुऔषधको प्रयोग नगरौ, मादक पदार्थले गर्छ हानी, सेवन गर्दा नमानी नमानी जस्ता सचेतनामुलक प्ले कार्ड सहित जनशक्ती ग्रेजुएट समूह र ए एफ सी समूहका किशोर किशोरीहरुले परिक्रमा गरेका थिए।
र्याली पश्चात भएको अन्तरकृया कार्यक्रममा आफ्नो धारणा ब्यक्त गर्दै गैडहवा गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष मिना थापा क्षेत्रीले आफु बस्ने समाजलाई सभ्य र सुन्दर बनाउन आफु भित्र भएको गलत तथा नकारात्मक सोंचलाई हटाएर नयाँ जिवनको शुरुवात गर्नुपर्नेमा जोड दिनु भयो। आफ्ना सन्ततीहरु सही मार्गमा लागुन र असल र योग्य नागरिक बनुन भन्ने हरेक अभिभावकहरुको सोंच हुने उल्लेख गर्दै वडा अध्यक्ष थापा क्षेत्रीले समाजमा भएका हरेक गलत कृयाकलापहरुलाई जरैदेखि उखेलेर सभ्य समाजका लागि श्रजनात्मक कार्यहरुको शुरुवात आफै र आजैबाट गर्न आग्रह गर्नु भयो।

अल्फा फाउण्डेशनका बिबस थापाले लागुऔषधको दुर्ब्यसनीमा फसिसकेपछि हुने पिडा र आत्मग्लानीले सदैव पिरोली रहने अनुभव बताउनु भयो । पुर्व लागुऔषध सेवनकर्ता समेत रहनु भएका थापाले लागुऔषध दुर्ब्यसनी एकैपटक र एकैझोंकमा नभई साथी संगतको लहैलहैबाट हुने देखासिखीकै कारण अन्ततः दुर्ब्यसनीमा आफु फसेको अनुभव बताउनु भयो।यस्तै अर्का पुर्व लागुऔषध सेवनकर्ता भेष थापाले आफु दुर्ब्यसनीमा फस्दा आफुलाई के सही के गलत भन्ने कुरा भन्दा पनि संगीसाथीहरुको लहैलहैमा लागेर क्षणिक आनन्दको उत्तेजनाको प्रतिफल भएको अनुभव बताउनु भयो। म अव नयाँ जिवनको शुरुवात गर्न चाहान्छु र मेरो समाजलाई सभ्य बनाउने यात्रामा संगसंगै हिड्न चाहान्छुू पुर्व लागुऔषध सेवनकर्ता भेष थापाले भन्नु भयो।कार्यक्रममा नवदुर्गा आमा समूहका दिलमाया रेश्मी लगायतले आजैबाट सभ्य समाज निर्माणका लागि एक भएर लाग्नु पर्ने कुरामा जोड दिएका थिए। ए एफ सी समूहका सन्तोष कार्कीको अध्यक्षता, जनशक्ती ग्रेजुएट समूहका समिक्षा सिंजालीको सञ्चालन तथा जनशक्ती ग्रेजुएट समूहका कोषाध्यक्ष सन्देश सापकोटाको स्वागतमा सम्पन्न कार्यक्रममा ए एफ सी समूह र जनशक्ती ग्रेजुएट समूहका किशोर किशोरी र अभिभावकहरुको सहभागिता रहेको थियो। कार्यक्रम गैडहवा ९ नयाँ गाउँमा भएको थियो।