काठमाडौं मेडिकल कलेजमा कुटिए इन्टर्न डाक्टर

प्रकाशित मिति:

काठमाडौं, असोज : अहिले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी सुरक्षाको माग गर्दै सडकमा बसेर धर्ना दिइरहेका बेला फेरि एक जना डाक्टर कुटपिटमा परेका छन्। काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टरमाथि हातपात भएको हो। इन्टर्न डाक्टर मनीष खड्कामाथि आक्रमण भएको अस्पतालले जानकारी दिए। मिर्गौला रोगको परीक्षणका लागि ओपिडीमा आएका एक बिरामीले कुटपिट गरेको बताइएको छ ।

एक विशेषज्ञको नाम लिएर देखाउन आएका बिरामीलाई इन्टर्न डाक्टर खड्काले हल्ला नगर्नू भन्दा उनीमाथि कुटपिट भएको बताइएको छ। उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले रुपक गौतम र सरोज गौतमलाई पक्राउ गरेको अस्पताललले छ। डाक्टरमाथि कुटपिट भएपछि अहिले केएमसीमा कार्यरत स्वाथ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन्। डाक्टरमाथि कुटपिट भएको सूचना आएपछि अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरेर घटनाबारे बुझ्ने काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।