असोज – १९, तिलोत्तमा ।पुरुषोत्तम पाण्डेय-तिलोत्तमा १४, रेहरामा रहेको श्री सरस्वती आधारभूत विद्यालयमा शुक्रबार ट्राफिक तथा दुव्र्यसनविरुद्ध सचेतना प्रशिक्षण तथा अन्तर सदनात्मक गायन प्रतियोगिता सम्पन्न भएको छ ।जसमध्ये ट्राफिक तथा दुव्र्यसनविरुद्ध प्रशिक्षणमा विद्यार्थीहरुलाई सडकपेटी, जेब्राकस, आकासेपुल लगायत ट्राफिक नियमसम्बन्धी जानकारी र दुव्र्यसनी हुनुका कारण र त्यसबाट बच्न अपनाउनुपर्ने उपायका बारेमा चिलिया प्रहरी चौकीका प्रमुख सही सुदन पन्थीले प्रशिक्षण दिनुभएको थियो ।कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नं. १४ का वडाध्यक्ष आश्विन पौडेलले विद्यालयको भौतिक र शैक्षिक गुणस्तरका लागि वडा कार्यालय र तिलोत्तमा नगरपालिका लागिरहेको तथा आगामी दिनमा पनि यस विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न वडाले आफ्नो तर्फबाट सहयोग गरिरहने बताउँदै शिक्षक शिक्षिकाहरूले पनि यस विद्यालयका विद्यार्थीहरूको शैक्षिक उन्नयनका लागि आआफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर थापाको अध्यक्षता, तिलोत्तमा १४ का वडाध्यक्ष आश्विन पौडेलको प्रमुख आतिथ्यता, शिक्षक अभिभावक संघका अध्यक्ष रामानन्द केवट, विद्यालय सल्लाहकार समितिका संयोजक हरिराम केवट, वि.व्य.स. सदस्य असरानी थारु र राममिलन केवट, सल्लाहकार सदस्य अर्जुन केसी र धनेश बानियाँ लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्र.अ. कमला शर्मा गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेयले गर्नुभएको थियो ।त्यसैगरी विद्यालयमा पुस्तकरहित शुक्रबारे कार्यक्रम अन्तर्गत राधा भुसालको संयोजकत्व र अतिरिक्त क्रियाकलाप संयोजक यामबहादुर खड्काको अध्यक्षता, प्रअ कमला शर्मा गौतमको प्रमुख आतिथ्यता तथा ममता पौडेलको सञ्चालनमा अन्तर सदनात्मक गायन प्रतियोगिता सम्पन्न भएको थियो ।
प्रतियोगितामध्ये कक्षा ५ देखि कक्षा ८ सम्म भएको प्रतियोगितामा हरियो सदनकी अनिशा धरिकार प्रथम, सेतो सदनका सुमित पुन द्वितीय,सेतो सदनकी अञ्जली थारु तृतीय र हरियो सदनकी पार्वती केवटले सान्त्वना स्थान हासिल गरेका छन् भने कक्षा ४ सम्मका विद्यार्थीहरूबाट कक्षा १ की मधु बानियाँ प्रथम भएकी छन् ।प्रतियोगितामा पुरुषोत्तम पाण्डेय, दिलमाया पुन र भागिरथी पुनले निर्णायक मण्डल तथा कन्याकुमारीले समयपालकको भूमिका निर्वाह गर्नुभएको थियो भने सुष्मा बानियाँ, रेनु थारु र बेचन केवटले सहयोगी भूमिका निर्वाह गर्नुभएको थियो ।